परिसङ्घ र उपराष्ट्रपतिबीच भेटघाट

उपराष्ट्रपति नन्दबहादुर पुनले सरकारले कानुन र प्रशासनमा समसामयिक सुधार गर्दै आर्थिक र लगानी मैत्रीवातावरण बनाउने बताए । उपराष्ट्रपति पुनले नेपाल उद्योग परिसङ्घका पदाधिकारी एवं कार्यसमितिका सदस्यसँग भेटवार्ता गर्दै यस्तो बताएका हुन् ।

सरकार र निजी क्षेत्र एक अर्कालाई विश्वासमा लिएर साझेदारीको धारणाले काम गर्न पर्ने धारणा व्यक्त गर्दै उपराष्ट्रपति पुनले पूँजीको सृजना र उद्योग व्यवसायको विकासबाट नै समाजवादको विकास हुने बताए ।

उपराष्ट्रपति पुन निर्वाचित भएसँगै उनलाई बधाई दिँदै परिसङ्घका अध्यक्ष हरिभक्त शर्माले मुलुकको आर्थिक विकास र लगानी प्रवद्र्धनलाई केन्द्रमा राखेर अघि बढेको बताए ।

सरकारसँग सहकार्य समेत गरेको धारणा व्यक्त गर्दै अब सबै क्षेत्रको लक्ष्य मुलुकको समृद्धि नै भएकोले यो लक्ष्यमा कसरी पुग्न सकिन्छ भन्ने विषयमा परिसङ्घले परिसङ्घ–प्रवुद्ध परिषद् समेतको सहकार्यमा तयार गरिएको समृद्धिको मार्ग चित्रबारे उपराष्ट्रपतिलाई विस्तृत जानकारी गराए ।

अध्यक्ष शर्माले परिसङ्घले तयार पारेको समृद्धिको मार्ग चित्र उपराष्ट्रपतिलाई हस्तान्तरण गर्दै असल दृष्टिकोण र मुलुकलाई केन्द्रविन्दुमा राखी परिसङ्घले तयार गरेको विकासको खाका सरकारलाई आफ्नो नीति निर्माणमा सहयोग पुग्ने धारणा समेत व्यक्त गररे ।