रोमाञ्चकारी हाइपरलुपको यात्रा

दुबई हाइपरलुप नमुना प्रारुप एउटा पूर्ण रुपको, ठूलो संरचना हो । यस्ताे संरचना जसमा आम सदस्यले हाइपरलुपको अनुभव तथा यात्रुको दृष्टिबाट त्यस प्रणालीको झाँकी पाउन सकोस् ।

तीव्र गतिको यात्राको परिकल्पनासँगै हाम्रो आकर्षण केही अद्भूत मसिनहरुको विकासतर्फ गयो । एकताका विश्वको सबैभन्दा तीव्र गतिको यात्रु विमान ध्वनिको गतिको दोब्बरभन्दा पनि बढी दुई हजार किलोमिटर प्रतिघण्टाका दरले उड्थ्यो ।

र, जब जापानमा चुम्बकीय बुलेट ट्रेनको सुरुआत भयो । छ सय किलोमिटर प्रतिघण्टा दगुर्ने यो विश्वको सबैभन्दा तीव्र गतिको रेल बन्यो । अब हामी २०१२ मा स्पेसएक्स तथा टेस्ला कम्पनीका सीईओ एलोन मस्कद्वारा प्रस्तावित हाइपरलुप, अत्याधुनिक, उच्च गतिको स्थल यात्रा प्रणालीको प्रतीक्षा गरिरहेका छौं । भर्जिन हाइपरलुप वनका डेभलपरमध्ये एकजनाले भने, ‘यो प्रतिघण्टा एक हजार दुई सय किलोमिटर अर्थात् ७ सय ६० माइलको गतिले दौडिन्छ ।’


भर्जिनको हाइपरलुप नमुना प्रारुप दुबईमा
यात्रीहरुलाई ओसार्न डिजाइन गरिएको नमुना प्रारुपलाई भर्जिनले दुबईमा प्रदर्शन गरेको छ, जहाँ सर्वप्रथम परिचालन हुने हाइपरलुप सिस्टमलाई २०२१ सम्म निर्माण गरिसक्ने सम्भावना छ । दुबई हाइपरलुप नमुना प्रारुप एउटा पूर्ण रुपको, ठूलो संरचना हो । यस्ताे संरचना जसमा आम सदस्यले हाइपरलुपको अनुभव तथा यात्रुको दृष्टिबाट त्यस प्रणालीको झाँकी पाउन सकोस् ।

यो परियोजना भर्जिन तथा दुबईको सडक तथा यातायात प्राधिकरण (आरटीए)द्वारा विकसित गरिँदै छ । डाइरेक्टर जनरल एचई म्याटर अल टायरले भने, ‘हाइपरलुप दुबई फ्युचर एक्सिलरेटरका लागि प्राधिकरणको पहलको पाटो थियो, जसको उद्देश्य अग्रणी सरकारी सङ्गठनहरुसँग विश्वको सबैभन्दा रोमाञ्चक प्राविधिक कम्पनीहरुलाई जोड्नु थियो ।’

आरटीए तथा भर्जिन हाइपरलुप वनले परियोजनाको प्राविधिक, इन्जिनियरिङ तथा आर्थिक सम्भाव्यता अध्ययनमा निकै प्रगति गरेको छ । ‘यस प्रगतिमा यसको प्रारम्भिक डिजाइन मोडेलसँगै हाइपरलुप सञ्चालन गर्न बाटोको पहिचान पनि समावेश छ’, अल टायरले भने ।

यसले कसरी काम गर्छ ?
भर्जिन भन्छ– हाइपरलुप भ्याक्युम ट्युबका माध्यमले तीव्रता ल्याउन एउटा विद्युत्–चुम्बकीय–शक्ति प्रणालीको उपयोग गर्छ । वाहनलाई एउटा लिकमाथि बग्न तथा न्यून वायुगति घर्षणका कारण लामो दूरीका लागि उच्च गतिमा चिप्लिन सक्ने गरी यसको डिजाइन गरिएको छ । हाइपरलुप पूर्णस्वचालित र भित्रबाट पूर्ण बन्द हुनेछ, जसले गर्दा पाइलटबाट हुने त्रुटि र मौसमको जोखिमबाट मुक्त रहने भर्जिनले बताएको छ ।

हाइपरलुपमा यात्रा गर्ने यात्रीहरु दुबई सहरदेखि एक सय ४० किलोमिटर टाढा अबुधाबी पुग्न लगभग १२ मिनेट लाग्छ । अहिले यो यात्रा गर्न दुई घण्टा लाग्छ ।

यो प्रणालीले प्रतिघण्टा १० हजार व्यक्तिलाई ओहोर–दोहोर गराउँछ । स्पेसएक्सले विद्यार्थीहरुलाई नयाँ खोजका लागि प्रोत्साहन गरिरहेको छ ।
हाइपरलुप प्रविधिले विश्वभरिका उद्यमीहरुलाई आश्चर्यजनक रूपले मोहनी लगाउँदै छ । हालै एउटा ‘फाल्कन हेभी रकेट टेस्ट’को अङ्गका रुपमा अन्तरिक्षमा एउटा कार लन्च गरेको मस्कको कम्पनी स्पेसएक्सले विद्यार्थीहरुलाई क्षमतायुक्त हाइपरलुप प्रारुप विकास गर्ने मौका दिइरहेको छ ।
हाइपरलुप नमुना प्रतियोगिता २०१५ मा सुरू गरिएको थियो । पहिलो प्रतियोगिता गत वर्षको जनवरी र अगस्टमा आयोजना भएको थियो ।

स्पेसएक्सले विद्यार्थीहरुलाई एक मात्र मानदन्ड– ‘अधिकतम गति’मा ध्यान दिन भन्दै अब, अर्को प्रतियोगिता २०१८ मा पुनः गर्ने बताएको छ ।
क्यालिफोर्नियाको आफ्नो केन्द्रीय कार्यालयमा स्पेसएक्सद्वारा निर्मित हाइपरलुप प्रणाली लगभग एक माइल लामो तथा ६ फुट (१.८ मिटर) व्यासको छ । साभारः विश्व अार्थिक मञ्च