यस्तो छ, सामसङको ग्यालेक्सी ट्याब ए

उत्कृष्ट डिस्प्ले, लामो समयसम्म टिकाउ ब्याट्री सामसङ बीक्सबी होममा भएका प्रमुख विशेषता, म्याटलिक डिजाइन, एलईडी फ्यासको साथ उत्कृष्ट क्यामरा तथा गेम लन्चर

इलेक्ट्रोनिक्स ब्राण्ड सामसङले ट्याव ए २०१७ नेपाली बजारमा ल्याएको छ । ग्यालेक्सी ट्याब ए २०१७ पूर्ण रुपमा इन्टरटेनमेन्ट डिभाइस हो । यसमा ८ इन्टको डिस्प्ले तथा पूरै दिनभर चल्ने ब्याट्रिको क्षमताले गर्दा इन्टरटेनमेन्टको लागि सम्पूर्ण आवश्यकता पूरा गर्न सक्दछ ।
यो आफैमा एक इन्टरटेनमेन्टको पावर हाउस हो, ग्यालेक्सी ट्याव ए २०१७ मा शानदार ८ इन्चको ४८० निट ब्राइट डिस्प्ले रहेको छ जसले गर्दा बाहिर घाममा पनि सहजै रुपमा देख्न सकिन्छ ।

लामो समयसम्म चल्ने ५००० एमएएच व्याट्री जसले मल्टीमिडिया प्रयोग गर्दा पनि १४ घण्टसम्म निरन्तर चलाउन सकिन्छ । ग्यालेक्सी ट्याव ए २०१७ मा सामसङगको उत्कृष्ट फिचर बिक्सबी होम पनि समावेश गरिएको छ, जसबाट उपभोक्ताहरुले कुनै एप नै नखोली एक स्वाइपका भरमा ट्यावमा कुनै पनि कुरा सहजै खोज्न सक्नुहुने छ । बिक्सबीले तपाइँको रुटिन जान्दछ, र तपाइँलाई आवश्यक भएको कन्टेन्ट तत्काल उपलब्ध गराउँदछ । यसको प्रयोगबाट तपाइँको समय र स्थानको आधारमा तपाइँलाई के चाहिएको छ त्यो कुरा पनि यसले आफै पहिचान गर्दछ, यसरी तपाइँले यो डिभाइसको पूरा उपयोग गर्न सक्नुहुन्छ ।

सामसङ नेपालका प्रमुख प्रणयरत्न स्थापितले ‘हामीले उपभोक्ताद्वारा प्राप्त भएको कयौं फिडब्याकहरुलाई ध्यानपूर्वक मनन गरी उपभोक्ताहरुका चाहना एवं आवश्यकतालाई पूरा गर्ने खालको उपकरण तयार गर्नमा केन्द्रिंत रहेका छौं । ग्यालेक्सी ट्याव ए २०१७ मा शानदार डिस्प्ले, पावरफुल परफर्मेन्स तथा मल्टीमिडिया एक्स्पीरियन्सको राम्रो समिश्रण रहेको छ ।
यो ट्याबमा ‘किड्स मोड’ को सुविधा उपलब्ध रहेको छ, यो एउटा यस्तो डिजिटल प्ले ग्राउन्ट हो जुन पूर्ण रुपमा सुरक्षित छ र बच्चाहरुले खेल्दा खेल्दै सिक्न सक्दन् ।

किड्स मोडमा अविभावक तथा बच्चाहरुको लागि एक लाइब्रेरी रहेको छ, जुन एजुकेशनले गेमहरुद्वारा सुसज्ज्ति छ । जसमा हरेक महिना नयाँ नयाँ विषयहरु समावेश गरिन्छ । यो सुविधा अभिभावकद्वारा फोनलाई नियन्त्रित गरिएको अवस्थामा पनि आफू खुसी क्यारेक्टर, गेम तथा अन्य विषयहरु हेर्न मिल्ने बनाउन सकिन्छ । यसरी अभिभावकले आफ्ना बालबच्चाहरुलाई खास विषयमा केन्द्रित राख्न सक्नुहुन्छ । साथै एपमा विताउने समयको निर्धारण पनि सहजै गर्न सकिन्छ ।

क्वालकाम प्रोसेसर (१.४ गिगाहर्ट्ज क्वाड) २ जिबी ¥याम, तथा १६ जि बि को आन्तरिक मेमोरी –माइक्रो एस डि मार्फत् २५६ जिबि सम्म बढाउन सकिने) रहेको छ । यो एन्ड्रोइडको नोगाटा अपरेटिङ सिस्टमबाट चल्दछ यसका साथै ८ मेगा पिक्सल (एफ १.९) को एलइडि फ्यासले हरेक पललाई विशेष बनाउँन मद्दत गर्दछ । ब्राइट लेन्स तथा नयाँ फ्ल्यासले गर्दा कम उज्यालोमा पनि आकर्षक फोटो खिच्न सकिन्छ । साथै एचडीआर मोडमा पनि फोटो शानदार निकाल्न सकिन्छ ।

मूल्य तथा उपलब्धता

ग्यालेक्सी ट्याब ए २०१७ नेपाली बजारमा रु. २८ हजार ९ सय ९० मा उपलब्ध रहेको छ । यो आकर्षक ब्ल्याक रङमा उपलब्ध रहेको छ । नेपाली बजारमा यही मंसिर १४ बाट उपलब्ध रहेको छ ।