१ अप्रिल २००४ मा सुरू भएको जीमेल आज १४ वर्ष पूरा भएको छ ।
इलेक्ट्रोनिक मेलको संसारलाई परिवर्तन गरिदिने जीमेलको सुरुआत १ अप्रिल २००४ मा भएको हो । आज यो १४ वर्ष पूरा भएको छ । जानौं यससम्बन्धी केही रोचक तथ्यहरु :
संसारभरि जीमेलमा एक अर्बभन्दा पनि बढी एकाउन्टहरु छन् । सर्वसाधारणका लागि यसको सेवा पहिलो पटक ७ फेब्रुअरी २००७ मा सुरु भएको हो ।
२००४ सम्म जीमेलमा अधिकतम केवल एक जीबी डाटा मात्र स्टोर गर्न सकिन्थ्यो । २०१३ पछि यसमा १५ जीबीसम्म डाटा स्टोर गर्न सकिन्छ ।
जीमेलबाट पहिलो पटक म्यासेजबाट जुन शब्द पठाइएको थियो, त्यो शब्द थियो,– QUERTYUIOP
जीमेल एकाउन्टबाट केवल जीमेल एकाउन्टमा मात्र होइन, याहु र आउटलुकका एकाउन्ट्समा पनि म्यासेज उठाउन सकिन्छ ।
जीमेल सुरू गर्ने बेलामा यसलाई गोप्य नाम Caribou दिइएको थियो ।
जीमेलका कैयौं लाख एकाउन्ट्स यस्ता छन् जुन एक पटक मात्र खोलिएका छन् ।
७५ प्रतिशतभन्दा बढी व्यक्तिहरुले आफ्नो मोबाइलबाट जीमेल एकाउन्ट्स ऐक्सेस गर्छन् ।
जीमेल एड्रेसमा डट(थोप्लो)को खासै कुनै अर्थ छैन । यदि यसको प्रयोग गरिएन भने पनि यो मेल सम्बन्धित व्यक्तिकहाँ नै पुग्छ ।
जीमेलको लोगो यसको साइट लन्च गर्नुभन्दा ठीक एक रात अगाडि डिजाइन गरिएको थियो ।