अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेपछि नेपालमा पनि डिजेल र पेट्रोलको मूल्य बढेको छ । नेपाल आयल निगमले डिजेल र पेट्रोलमा प्रति लिटर २ रुपैयाँ मूल्य बढाएको हो ।
अब पेट्रोलको मूल्य लिटरको १ सय ५ रुपैयाँ र डिजेल र मट्टितेलको मूल्य ८५ रुपैयाँ पुगेको आयल निगमका प्रवक्ता विरेन्द्र गोइतले बताए । बढेको मूल्य सोमबार राती १२ बजेबाट कार्यान्वनयमा आउने छ । हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत राखेको निगमले जनाएको छ ।नयाँ मूल्य निर्धारण भएपछि निगमको नाफा अब १५ दिनमा २० करोड रुपैयाँ रहेको छ ।