नेपाल उद्योग वाणिज्य महासङ्घका महासचिवले दिए राजीनामा

नेपाल सरकारका पूर्र्वसचिवसमेत रहेका श्रेष्ठलाई महासङ्घले २०७४ जेठ ७ को निर्णयअनुसार तीन वर्षका लागि महासचिव पदमा नियुक्त गरेको थियो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका महासचिव सुरेशमान श्रेष्ठले आफ्नो पदबाट राजीनामा दिएका छन् । श्रेष्ठले गत चैत २ गते महासङ्घलाई आफ्नो राजीनामा बुझाएका हुन् ।

घरायसी कारण देखाउँदै राजीनामा गरेका श्रेष्ठले राजीनामासँगै महासङ्घको विसङ्गति र संस्थागत संस्कृति विकासका लागि चाल्नुपर्ने कदम भन्दै ११ पेज लामो पत्र पनि बुझाएका छन् । महासङ्घको विसङ्गति शीर्षकमा श्रेष्ठले २१ बुँदा उल्लेख गरेका छन् भने संस्थागत  संस्कृति विकासका लागि चाल्नुपर्ने विषयमा २७ बुँदामा उल्लेख गरेका छन् ।

महासचिव श्रेष्ठले राजीनामा गरेको महासङ्घका एक पदाधिकारीले बताए । ‘उहाँले घरायसी कारण देखाएर केही सुझावसहित राजीनामा बुझाउनुभएको छ,’ उनले भने ।

श्रेष्ठले महासचिवबाट राजीनामा दिएको पुष्टि गरे । ‘म महासङ्घ जान छोडिसकेँ, राजीनामा स्वीकृत भए/नभएको थाहा छैन,’ उनले भने । २ गते राजीनामा दिएर ४ गतेदेखि जान छोडेको उनले बताए । ‘महासङ्घभित्र व्यापार सुधार हुनुपर्छ भनेर मैले सुझाव पनि दिएको छु,’ उनले भने ।

नेपाल सरकारका पूर्र्वसचिवसमेत रहेका श्रेष्ठलाई महासङ्घले २०७४ जेठ ७ को निर्णयअनुसार तीन वर्षका लागि महासचिव पदमा नियुक्त गरेको थियो । श्रेष्ठको राजीनामा महासङ्घले स्वीकृत गरेको अध्यक्ष भवानी राणाले जानकारी दिइन् ।

श्रेष्ठले दिएकाे सुझावसहितकाे राजीनामा पत्र