निगमको उडान युरोपदेखि  न्यूयोर्कसम्म

अबको डेढ वर्षभित्र विमान थप्ने र उडान विस्तार गरिसक्ने नेपाल एयरलाईन्सका महाप्रबन्धक सुगतरत्न कंसाकारले जानकारी दिए ।

नेपाल वायुसेवा निगमले युरोपदेखि अमेरिकाको न्यूयोर्कसम्म उडान गर्ने भएको छ । यसका लागि निगमले ६ ओटा ट्विनअटर र २ ओटा एयर बस गरी ८ ओटा विमान थप्ने भएको छ । अबको डेढ वर्षभित्र विमान थप्ने र उडान विस्तार गरिसक्ने नेपाल एयरलाईन्सका महाप्रबन्धक सुगतरत्न कंसाकारले जानकारी दिए ।

यसैगरी नेपालमा पर्यटक भित्र्याउन कोरियादेखि अन्य गन्तव्य मुलुकमा पनि उडान गरिने कंसाकारले बताए । उनका अनुसार एयरबससँगै हवाई सुरक्षालाई ध्यानमा राखी नेपाली एयरबसमा अन्तर्राष्ट्रियस्तरको सुरक्षा प्रदान गरिनेछ । नयाँ आउने दुईओटा वाईडबडी जहाजको चार ईन्जिनको सम्पूर्ण मर्मत सम्भार तथा सञ्चालनको जिम्मा निर्माता कम्पनीलाई नै दिइने छ । यसका लागि निगमले आन्तरिक छलफल समेत गरिरहेको उनले जानकारी दिए ।

हाल विश्वका करिब ९५ प्रतिशत एयरलाइन्सहरुले आउटसोर्सिङबाट इन्जिनहरुको मर्मत गर्दै आएका छन् । अब आउने २ओटा वाईडबडी भएका ठूला जहाजको चारओटै इन्जिन मर्मत तथा लाईफ साइकल व्यवस्थापनको सम्पूर्ण जिम्मा रोल्स रोएस कम्पनीलाई दिने र निगमको हवाई सुरक्षा क्षमता बढाउन आवश्यक प्रकृया सुरु भएको कंसाकारले बताए ।