सिल्क एयरबाट सुमेघ सम्मानित

सुमेघ टुर्स एण्ड ट्राभर्लले सिल्क एयरद्धारा ‘टप प्यासेन्जर एजेन्ट अवार्ड’ प्राप्त गरेको छ ।

२०१६/२०१७ मा नेपालबाट सिंगापुरको सिल्क एयरमार्फत धेरै यात्रुलाई सेवा दिएको भन्दै सिल्क एयरले सुमेघलाई सम्मान गरेको हो । सिल्क एयरले नेपालबाट उडान सुरुगरेदेखि नै सुमेघले निरन्तर अवार्ड पाउँदै आएको छ ।

ट्राभलका प्रबन्ध निर्देशक मेघ केसीले धेरैभन्दा धेरै यात्रुलाई सेवा दिएकाले सिल्कले सम्मान गरेको बताए । ‘हामी ट्राभलमार्फत उत्कृष्ट सेवा दिनका लागि सधैं तयार छौं, त्यसैले अन्तराष्ट्रिय एयरलायन्सले पनि हामीमाथी विश्वास गरेका छन्,’ उनले भने ।

सुमेघले यसअघि ड्रागन एयर र थाइ एयरबाट पनि अवार्ड प्राप्त गरिसकेको छ ।