रेनोको नयाँ सोरूम नक्सालमा

आज (बुधबार) कम्पनीका प्रबन्ध निर्देशक निकुञ्ज अग्रवाल र रेनोका हेड एक्सपर्ट एन्ड बिजनेस डेभलपमेन्टका प्रमुख नवीन मिश्रले संयुक्तरुपमा उक्त सोरुम उद्धाटन गरेका हुन् ।

रेनो कारको नेपालका लागि आधिकारिक वितरक एड्भान्स अटोमोबाइल्स् प्रालिले नक्सालमा ‘स्टेट अफ आर्ट’ शोरुम खोलेको छ । आज (बुधबार) कम्पनीका प्रबन्ध निर्देशक निकुञ्ज अग्रवाल र रेनोका हेड एक्सपर्ट एन्ड बिजनेस डेभलपमेन्टका प्रमुख नवीन मिश्रले संयुक्तरुपमा उक्त सोरुम उद्धाटन गरेका हुन् ।

ग्राहकहरुको सेवा तथा सुविधालाई मध्यनजर गर्दै नजिकको सोरुमबाट आफ्नो रोजाइको नयाँ रेनो कार, स्पेयर पार्टस् खरिद गर्न सहज हुने कम्पनीले जानकारी दिएको छ ।

सोरुमको उद्घाटन गर्दै रेनोका हेड एक्सपर्ट मिश्रले सोरुम सञ्चालनले आफू खसी भएको बताए । उनका अनुसार ग्राहकको माग बढ्दै गएकाले हामीले आफ्नो सोरुम विस्तार गर्दै लगेको तथा नेपाली उपभोक्ताले रेनोप्रति देखाएको सद्भावले कम्पनीको आत्मविश्वास बढेको बताए । रेनोका कार नेपाली उपभोक्ताको रोजाइमा टप थ्रीभित्र पर्न सफल भएको कम्पनीको भनाइ छ ।

एड्भान्स अटोमोबाइल्स् प्रालि विशाल ग्रुपको भगिनी संस्था हो ।