साझा यातायात बनेपासम्म

मयूर यातायातलाई धुलिखेलसम्मको रुट अनुमति दिएको विरोधमा कोटेश्वर पूर्व यातायात समन्वय समितिले चक्काजाम गर्दा सयौं सर्वसाधरणले दुःख पाइरहेको अवस्थामा साझाले यो निणर्य गरेको बताएको छ ।

साझा यातायातले आज अपरान्ह करिव १२ बजेदेखि कोटेश्वरबाट बनेपासम्मका लागि सेवा सुरु गरेको छ ।

मयूर यातायातलाई धुलिखेलसम्मको रुट अनुमति दिएको विरोधमा कोटेश्वर पूर्व यातायात समन्वय समितिले चक्काजाम गर्दा सयौं सर्वसाधरणले दुःख पाइरहेको अवस्थामा साझाले यो निणर्य गरेको बताएको छ ।

यातायात व्यवस्था विभागको आग्रहमा यसभन्दा पहिला स्वयम्भुबाट सूर्यविनायकसम्म चलिरहेका १६ ओटा गाडीलाई उक्त रुटमा चलाइएको हो ।
साझाले केही दिनपछि धुलीखेलसम्म चलाउने योजना बनाए पनि हालको परिस्थितिमा काभ्रेका यात्रुहरुलाई पर्न गएको असुविधालाई ध्यानमा राखेर आजैदेखि सेवा सुरु गरेको हो ।

साझा यातायातले यसअघि भक्तपुरसम्म रुट विस्तार गर्दा व्यवसायीले विरोध गरेका थिए । व्यवसायीकै विरोधका कारण बनेपासम्म जाने साझाको इच्छा पूरा भएको थिएन ।

तर, अहिले त्यस रुटका ११ यातायात व्यवसायी सेवा अवरुद्ध गरेर मयुर यातायातविरुद्ध उत्रिएपछि यातायात व्यवस्था विभागले जुनसुकै बसलाई धुलिखेलसम्म रुट अनुमति दिने निर्णय गरेको मौका छोपी साझाले बनेपासम्म सेवा विस्तार गरेको हो ।