नारायणगढ—मुग्लिन सडक खण्डमा ८५ प्रतिशत काम

अहिले विहान १० बजेदेखि साँझ ४ बजेसम्म यातायात रोकेर सडक निर्माणको काम धमाधम भइरहेको नारायण—मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालले जानकारी दिए । उनले सडक तीनवटै खण्डको प्रगति ८५ प्रतिशत सम्पन्न भएको र निर्माणको गति यस्तै भए निर्धारित समय अर्थात जेठ दोस्रो सातासम्म सडक निर्माणको काम सम्पन्न गर्ने बताए । ‘काम तीव्र रुपमा भइरहेको छ । विहान १० देखि साँझ ४ बजेसम्म सवारी साधन बन्द गरी काम हुन्छ’ उनले भने, ‘यस्तै गतिले काम भए निर्धारित समयमै काम सकिन्छ ।’

नारायणगढ मुग्लिन सडक खण्डअन्र्तगतको काम ८५ प्रतिशत सम्पन्न भएको छ । तीनवटा खण्डमा सडक निर्माणको काम भइरहेको र काम तीव्र रुपमा अगाडी बढेको नारायणढ मुग्लिन सडक खण्ड आयोजनाले जानकारी दिएको छ ।

अहिले विहान १० बजेदेखि साँझ ४ बजेसम्म यातायात रोकेर सडक निर्माणको काम धमाधम भइरहेको नारायण—मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालले जानकारी दिए । उनले सडक तीनवटै खण्डको प्रगति ८५ प्रतिशत सम्पन्न भएको र निर्माणको गति यस्तै भए निर्धारित समय अर्थात जेठ दोस्रो सातासम्म सडक निर्माणको काम सम्पन्न गर्ने बताए । ‘काम तीव्र रुपमा भइरहेको छ । विहान १० देखि साँझ ४ बजेसम्म सवारी साधन बन्द गरी काम हुन्छ’ उनले भने, ‘यस्तै गतिले काम भए निर्धारित समयमै काम सकिन्छ ।’

आयोजनाका अनुसार सडक खण्ड निर्माणका लागि ५९ करोड १८ लाख रुपैयाँ खर्च भइसकेको र निर्माण कार्यमा ढिलाईका कारण लागत बढ्न सक्ने नारागढ—मुग्लिन सडक आयोजनाका लेखा अधिकृत पृथ्वी भूषालले जानकारी दिए । ‘अहिलेसम्मको लागत ५९ करोड १८ लाख भइसकेको छ’ उनले भने, ‘निर्माणका लागि समय थपिएपछि खर्च पनि बढ्ने अनुमान गरेका छाँै ।’

हालसम्म तीनवटै खण्डको ३३ दशमलव २ किलोमिटर सडकमध्ये २७ दशमलव ५ किमी सडक निर्माण भइसकेको इन्जिनियर खनालले बताए । ‘पहिलो र तेस्रो खण्डको तुलनामा दोस्रो खण्डको काम बढि जटिल भएकाले बाँकी छ’ उनले भने, ‘पहिलो र तेस्रो खण्डको काम करिव अन्तिम चरणमा पुगेको छ ।’ उक्त सडक निर्माणका लागि आर्थिक बर्ष २०७४÷०७५ मा २ अर्ब ३३ विनियोजन भएको छ, भने ३३ करोड पुल निर्माणका लागि छुट्याइएको छ ।

ट्राफिक व्यववस्थापन गर्न ५ टोली

विहान १० देखि ४ बजेसम्म सवारी यातायात रोकेर सडक निर्माणको काम अगाडी बढाएको छ । ४ बजेपछि ट्राफिक जाम हुने भएकाले त्यस्को व्यवस्थापनका लागि ५ प्रहरी टोली खटाइएको जिल्ला ट्राफिक प्रहरी प्रमुख सन्तोष पन्तले जानकारी दिए । उनका अनुसार जलविरे देखि मौकाखोला सम्म, जलविरेदेखि घुमाउनेसम्म, सिमलतालदेखि घुमाउनेसम्म र घुमाउनेदेखि जुगेडीसम्म हेर्ने गरी छुट्टाछुट्टै ट्राफिक टोली खटिएका छन । उनले उक्त सडकखण्डमा मुख्य समस्या सवारी जाममा ओभरट्याक र सवारी विग्रने रहेको बताए ।

‘यो सडकको मुख्य समस्या सवारीले जामका बेलामा ओभरट्याक गर्दा दुर्घटनाको जोखिम बढेको छ’ उनले भने, ‘त्यसबाहेक दैनिक रुपमा सवारी बिग्रँदा थप सवारी जाम हुन्छ ।’ उनले उक्त सडकमा दैनिक ३÷४ वटा सवारी बिग्रने विग्रदा थप जाम हुने समस्या बढेको बताए ।