आईफोनले इसारा बुझ्ने, नयाँ प्रविधि टचलेस हुने

एपलले अब आउने भविष्यका आईफोनलाई टचलेस जेस्चर कन्ट्रोल तथा कर्व्ड स्क्रिनमा ल्याउने भएको छ ।

दिग्गज प्रविधि कम्पनी एपलले एउटा नई प्रविधिमा काम गरिरहेको छ । एपलले अब आउने भविष्यका आईफोनलाई टचलेस जेस्चर कन्ट्रोल तथा कर्व्ड स्क्रिनमा ल्याउने भएको छ । यस काममा संलग्न सूत्रका अनुसार अत्यधिक प्रोडक्टले भरिएको बजारमा एपलले आफ्नो सबैभन्दा महत्त्वपूर्ण प्रोडक्टलाई यस किसमिको फिचरसहित अरुभन्दा अलग बनाउन चाहन्छ ।

नयाँ कन्ट्रोल फिचरको माध्यमले आईफोनका प्रयोगकर्ताले आफ्नो डिभाइसलाई औंलाले स्क्रिनलाई नछोइकनै अपरेट गर्न सक्ने यस काममा संलग्न एउटा सूत्रले जानकारी दियो । औंला केवल स्क्रिनको नजिकै राख्दामात्र टास्क परफर्म हुनेछ । तर, ऐपलले यो प्रविधि आईफोनमा ल्याउने नै भयो भने पनि आगामी दुई वर्षसम्म यस्तो खाले आईफोन बजारमा उपलब्ध हुनेछैन ।

सूत्र बताउँछ, एपलले कम्प्युटरसँग मान्छेले कुराकानी गर्नमिल्ने नयाँ तरिका खोजेको छ । यसका सहसंस्थापक स्टिभ जब्सले १९८० को सुरुताका माउसलाई निकै चर्चित बनाए । एपलको लेटेस्ट आईफोनमा घडी टच फिचर दिइएको थियो, जुन औंलालाई अलग–अलग प्रेस गरेको आधारले रेस्पोन्स गर्छ । नयाँ जेस्चर प्रविधि, औलालाई स्क्रिनको कति नजिक लगिन्छ त्यस हिसाबले काम गर्नेछ ।

सम्बद्ध सूत्रका अनुसार, एपलले नयाँ आईफोन डिस्प्ले बनाउने कार्यमा पनि जुटेको छ । यो नयाँ डिस्प्ले माथिबाट तल भित्रतिर मोडिएको हुनेछ । यो डिस्प्ले, सामसङको लेटेस्ट स्मार्टफोनमा भएको स्क्रिनभन्दा फरक हुनेछ । सामसङले लेटेस्ट स्मार्टफोनमा राखेको स्क्रिन किनारमा कर्व्ड छ । अहिलेसम्म प्रत्येक आईफोनका मोडलमा फ्ल्याट डिस्प्लेको मात्र प्रयोग गरिएको छ । आईफोन एक्सको ओलेड स्क्रिन तलतिर थोरै मोडिएको छ । यी दुवै नयाँ फिचरहरु अझै प्रारम्भिक चरणमा छन् र यसको अझै विकासमा काम भइरहेको छ ।