२५ मेगापिक्सल क्यामेरासहित अप्रिल अन्त्यमा ओप्पो एफ–७ नेपाली बजारमा

गत वर्ष नेपालमा सर्वजनिक भएका ओप्पो स्मार्टफोनका विभिन्न मोडलले नेपालीको मन जितिसकेको छ । फरक विशेषताका साथ ओप्पो एफ सेभेन नेपाली बजारमा आउँदै छ ।

अप्रिल महिनाको अन्त्यसम्म ओप्पो एफ सेभेन स्मार्टफोन नेपालमा सार्वजनिक हुने भएको छ । गत वर्ष नेपालमा सर्वजनिक भएका ओप्पो स्मार्टफोनका विभिन्न मोडलले नेपालीको मन जितिसकेको छ । फरक विशेषताका साथ ओप्पो एफ सेभेन नेपाली बजारमा आउँदै छ ।

चिनियाँ कम्पनी ओप्पोले हाल विश्वका सबै मुलुकमा आफ्ना स्मार्ट फोन पुर्याइसकेको छ । ओप्पो स्र्माट फोनप्रति नेपालमा पनि धेरैको रुचि र आकर्षण छ ।

कम्पनीले इन प्लेन स्विचिङ (आईपीएस) मा आधारित ६ दशमलव २३ इन्चको डिस्प्ले दिएको छ । २२८०ह१०८० पिक्सल रेजोलुसनका साथ १८ः९ आस्पेक्ट रेसियो छ । यो फोन आईफोन जस्तै देखिन्छ । फोनमा ६४ जीबी इन्टरनल र्याम दिइएको छ । जसले भिडियो र फोटो तथा अन्य महत्त्वपूर्ण फाइल सुरक्षित राख्छ ।

फोनको पछाडिको भागमा १ः८ को एपार्चरसहित १६ मेगापिक्सल क्यामेरा छ । अगाडिपट्टि २५ मेगापिक्सल रेन्जको सेल्फी क्यामेरा राखिएको छ । मोबाइलमा फोर के एचडी भिडियो हेर्न तथा खिच्न सकिने छ । माली–जी७२ एमपी३ जीपीयूका साथ यसमा ओक्टा–कोर हेलियो पी६० चिप प्रयोग गरिएको छ ।

ओप्पोका अन्य मोडलमा तीन हजार एमएच पावरको ब्याट्री राखिए तापनि एफ सेभेनमा भने तीन हजार ४ सय एमएएच पावरको ब्याट्री राखिएको छ । नेपाली बजारमा यसको मूल्य ३५ देखि ३७ हजार पर्ने बताएको छ ।