ओलीको भारत भ्रमणमा तुइन विस्थापित एजेण्डाः महाकाली नदीमा ५ पुल निर्माण सम्झौता हुने

प्रधानमन्त्री केपी ओलीको आसन्न भारत भ्रमणमा तुइन विस्थापित गर्न महाकाली नदीमा ५ पुल निर्माणका लागि सम्झौता हुने भएको छ । ओली नेतृत्वको पहिलो सरकारले मन्त्रिपरिषदबाट पहिलो निर्णयका रुपमा मुलुकलाई दुइबर्षभित्र तुइनमुक्त बनाउने घोषणा गरेपनि सपल हुन सकेको छैन । उक्त घोषणा पुरा नहुनुमा भारतीय सीमावर्ती क्षेत्रमा जोडिएको महाकाली नदीमा पुल बनाउन भारतीय सरकारले स्वीकृत नदिँदा समस्या भएको थियो ।

खासगरी सीमावर्ती क्षेत्र भारतको उत्तरा खण्ड सरकाले ५ पुल निर्माणका लागि स्वीकृत नदिएपछि त्यस क्षेत्रमा तुइन विस्थापित योजना कार्यान्वयन गर्न नसकेको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय मातहतको सस्पेन्स बृज डिभिजन कार्यालयका प्रमुख गुरुप्रसाद शर्माले जानकारी दिए । उनले प्रधानमन्त्रीको भारत भ्रमणमा महाकाली नदीमा बन्ने पुल निर्माणका लागि भारतीय सरकारले स्वीकृत नदिएको विषयलाई मुख्य एजेण्डा बनाएर समस्याको समाधान गर्न आग्रह गरेको बताए ।

दार्चुला जिल्लाको व्यास गाउँपालिकाका झन्डै आधा दर्जन वडा क्षेत्रका बासिन्दाहरु सीमावर्ती बजार पुग्न तुइनको भर पर्नुपर्ने अवस्था छ ।
प्रमुख शर्माका अनुसार महाकाली नदीका भारतले स्वीकृत नदिएका ५ ओटा तुइन विस्थापितका गर्न प्रधानमन्त्री ओली भारत भ्रमणमा रहँदा भारतीय सरकार र उत्तराखण्ड सरकारसँग सहजीकरण गर्नेछन । ‘महाकाली नदीमा ठेक्का भइ रोकिएका झोलुङ्गे पुल निर्माणका लागि प्रधामन्त्री ओलीको भारत भ्रमणको एजेण्डा बन्ने छ ।’ उनले भने, ‘तत्कालीन सरकारमा रहँदा ओली ज्यूले नै गरेको घोषणा भएकाले यस्मा उहाँले पहल गर्नुहुनेमा विश्वास गरेका छौ ।’ उनले महाकाली नदीमा तुइन विस्थापित गर्नका लागि भारतीय सहयोग आवश्यक रहेकाले त्यस्का लागि प्रधामन्त्रीले पहल गर्नुपर्ने बताए ।