पशुपति इन्डष्ट्रिज प्रालिको नयाँ उत्पादन कोकोनट बिस्कुट अब बजारमा आइपुगेको छ । नेपालकै औद्योगिक घरानाका रुपमा प्रसिद्धि कमाएको चौधरी ग्रुपद्वारा सञ्चालित पशुपति बिस्कुट इन्डष्ट्रिज प्रा. लि.ले उपभोक्तालाई नयाँ स्वाद दिने क्रममा उच्च कोटिको कोकोनट बिस्कुट उत्पादन गरेको बिक्रि तथा बजार प्रमुख बिकाश बिडारीले जानकारी दिए ।
नरिवल नै मिसाइएकोले अन्य कोकोनट बिस्कुटभन्दा यो भिन्न रुपमा आएको दाबीसमेत गरे । विदेशी बिस्कुटहरुसँग प्रतिस्पर्धा गर्न र स्वदेशी बिस्कुटमै नेपाली उपभोक्ताहरुलाई सन्तुष्टि दिन सक्ने गुणस्तर यसमा रहेको उनकाे भनाइ छ ।
रु. १०, २० र ५० मूल्य पर्ने आकर्षक प्याकेटमा बजारमा आएको बिस्कुटले उपभोक्ताको मन जित्न सफल हुने विश्वास यस कम्पनिले लिएको छ । यो बिस्कुट उपभोक्ताको स्वास्थ्य र क्रयशक्तिलाई ध्यानमा राखेर बजारमा ल्याइएको छ । काठमाडौँको बजारमा आएको एक हप्तामै उपभोक्ताहरुले अत्यधिक मन पराएकाले अन्य सबै बजारमा पनि यसले राम्रो प्रभाव पार्ने बिश्वास छ ।
बजारमा उच्च कोटिको नरिबल बिस्कुटको मागलाई ध्यानमा राखेर नरिबलको वास्तविक स्वादसहितको नयाँ कोकोनट बिस्कुट उत्पादन गरिएको प्रमुख कार्यकारी अधिकृत होमनाथ न्यौपानेले जानकारी दिए । गुणस्तर र लोकप्रियतालाई ध्यानमा राख्दै कम्पनीले नयाँ नयाँ स्वादका बिस्कुट आम उपभोक्ताका लागि उत्पादन गर्दै अघि बढ्ने प्रमुख कार्यकारी अधिकृत न्यौपानेले बताए ।
सन् १९७२ देखि बिस्कुट उत्पादन गर्न थालेको कम्पनीले सोल्टी, सुगर फ्रि क्रन्च, सुप्रिम क्रिम, एम्मी क्रिम, मारी, कुकिज, लेमन पफ र ग्लुकोज लगायतका बिस्कुटहरु बजारमो उपलब्ध छन ।