नाडालाई लाग्यो चुनाव, दाहाल र कँडेल भिड्दै

अध्यक्ष पदका लागि दुई जनाले उमेदवारी दिएका छन् । त्यसैगरी, सदस्य पदका लागि १८ जनाले उमेदवारी दिएका छन् । अध्यक्ष र १४ जना सदस्य निर्वाचित हुने व्यवस्था छ । १४ जना सदस्यबाट पदाधिकारीमा पुन चुनाव भएपछि पदाधिकारी पूर्ण हुने छ । कडेल समूहले अध्यक्ष सहित १५ जनाको नाम सार्वजनिक गरेको छ ।

नेपाल अटोमोवाइल्स डिलर्स एसोसिएसन (नाडा)को आगामी २६ गते हुने चुनावमा शम्भु दाहाल र राम कँडेल प्रतिस्पर्धा गर्दै छन् । कँडेल केही समय अघि उपाध्यक्ष पदमा थिए भने, दाहाल हालका उपाध्यक्ष हुन् ।

अध्यक्ष पदका लागि दुई जनाले शुक्रबार मनोनयन दर्ता गराएका छन् । त्यसैगरी १८ जना सदस्यले मनोनयन गर्दा गराएका हुन् । नाडामा अध्यक्षसहित १५ जनाले जितेर आउने छन् ।

अध्यक्ष पदका लागि दुई जनाले उमेदवारी दिएका छन् । त्यसैगरी, सदस्य पदका लागि १८ जनाले उमेदवारी दिएका छन् । अध्यक्ष र १४ जना सदस्य निर्वाचित हुने व्यवस्था छ । १४ जना सदस्यबाट पदाधिकारीमा पुन चुनाव भएपछि पदाधिकारी पूर्ण हुने छ ।
कडेल समूहले अध्यक्ष सहित १५ जनाको नाम सार्वजनिक गरेको छ ।

जसमा दीपक थापा, करणकुमार चौधरी, अभिक ज्योति, प्रदीपमान प्रधान, शम्भुप्रसाद सुवेदी, अनुपकुमार बराल, विक्रम सिंहानिया, प्रकाश कपुरी, सुरज भट्टराई, दीपक अग्रवाल, मिलनबाबु मल्ल, पंकज अग्रवाल, सुमिरण आचार्य, निलमणी पाठक रहेका छन् ।

दाहाल समूहमा कृष्ण दुलाल, सुनिल रिजाल, सुरेन्द्रकुमार उप्रेती, नन्दकिशोर साही रहेका छन् । चैत २६ गते सोल्टीमा हुने नाडाको चुनावमा मतदानका लागि बिहान ८ बजेदेखि ११ बजेसम्म समय निर्धारण गरिएको छ ।