नाडाको सचिवालयलाई आधुनिकीकरण गर्ने, अटोमोबाइल्स ठूलो क्षेत्र भएकाले जिल्लामा छरिएका अटोमोबाइल्स व्यवासायीलाई पनि नाडामा समावेश गराउने योजना बनाएको छु । त्यसैगरी, नाडाको आफ्नै भवन बनाउने मेरो उद्देश्य छ ।
नाडाभित्र चरण राजनीति र गुटबन्दी छ भन्ने कुरा बाहिर आइरहेको छ । यदि तपाईं अध्यक्ष भएर आउनुभयो भने यो रोगलाई कसरी निराकरण गर्नहुन्छ ?
तपाईंले भनेको कुरा सत्य हो । नाडाभित्र देखिएको राजनीति र गुटबन्दीलाई अन्त्य गर्न मैले उम्मेदवारी दिएको हो । नाडालाई स्वच्छ बनाउने र यसको गरिमालाई धेरै उच्च बनाउने मेरो पहिलो प्रथामिकता हो । राजनीति र गुटबन्दीलाई अन्त्य गर्दै यसलाई व्यावसायिक संस्थाको रुपमा अघि बढाउने योजना छ ।
नाडाको सचिवालयलाई आधुनिकीकरण गर्ने, अटोमोबाइल्स ठूलो क्षेत्र भएकाले जिल्लामा छरिएका अटोमोबाइल्स व्यवासायीलाई पनि नाडामा समावेश गराउने योजना बनाएको छु । त्यसैगरी, नाडाको आफ्नै भवन बनाउने मेरो उद्देश्य छ ।
तपाईंहरु दुवैजना मिलेर सर्वसम्मतिले नयाँ नेतृत्व छान्नुभएको भए, यो संस्था झन् बलियो भएर जान्थ्यो । त्यसो गर्न किन नसकिएको ?
यो लोकतान्त्रिक पद्धति हो । हामी लोकतन्त्रमा विश्वास गर्छाैं । त्यही भएर निर्वाचनमार्फत अघि बढ््ने सोच बनाइएको हो ।
निर्वाचन भनेको सबैभन्दा बढी पारदर्शी हुन्छ । त्यही भएर चुनावलाई रोजिएको हो । हाम्रो भन्दा पनि राम्रो उम्मेदवारलाई नेतृत्वमा पु¥याउनका लागि यो ठूलो अवसर हो । त्यसैले निर्वाचनलाई अन्यथा कसैले लिनु हुँदैन । जित्नु हार्नु आफ्नो ठाउँमा छ । त्यसैले अब सर्वसम्मत हुने सम्भावना छैन । व्यावसायिक साथीहरुले कसलाई जिताउने र हराउने उहाँहरुकै हातमा छ । यो सच्चा नेतृत्व छान्ने अवसर पनि हो ।
सरकारले यो क्षेत्रलाई अझै पनि विलासी बस्तुको रुपमा हेर्दै आएको छ । विलासीको सूचीबाट हटाउन तपाईंको पहल कस्तो रहन्छ ?
वास्तवमा सरकारलाई अटोमोबाइल्स क्षेत्रको बारेमा बुझाउन नसक्दा यस्तो समस्या आएको हो । विश्वको आर्थिक विकासमा यो क्षेत्रको ठूलो योगदान छ । भनेपछि यो क्षेत्र कसरी विलासी बस्तु हुन सक्छ ? यसबारे हामीले सरकारलाई बुझाउँछौं ।
अटोमोबाइल्स क्षेत्रलाई विलासिता हैन, आवश्यकताको वस्तु हो भन्ने कुरा देखाउन जरुरी छ । संसारका विकसित मुलुकले पनि अटोक्षेत्रलाई आवश्यकताको सूचीमा राखेर सोहीअनुसार अघि बढेका छन् । मेरो नेतृत्वमा नाडा आएपछि विलासी हैन, आवश्यकता हो भन्ने पुष्टि गर्ने वातावरण बनाउने छु ।
अटोमोबाइल्स क्षेत्रले कानुनले तोकेभन्दा बढी नाफा लियो भन्ने बाहिर आइरहेको छ । कानुनभन्दा बाहिर गएरै नाफा लिएका हुन् ?
अहिलको प्रतिस्पर्धी बजारमा धेरै नाफा लिएर व्यवसाय गर्न सकिन्न । अहिलेका ग्राहक धेरै चलाख भइसकेका छन् । एउटा कम्पनीले महँगो मूल्य भन्ने बित्तिकै अर्को कम्पनीमा पुग्छन् । यस्तो अवस्थामा कसरी बढी नाफा लिएर जान सकिन्छ ? रह्यो कुरा कानुनको । कानुनमा केही समस्या छन् । अहिलेको कानुन एकदमै पुरानो भइसकेको छ । आजभन्दा ४० वर्षअघि बनेको कानुन अहिले पनि संशोधन हुन सकेको छैन । त्यही कानुनमाथि टेकेर बेलाबेलामा यस्तो कुरा आउने गर्छ । त्यो कानुन संशोधन गर्न म ठूलो प्रयास गर्छु ।