इन्टरनेट तथा केबलका तार व्यवस्थापन अन्योलमा

प्राधिकरणका अनुसार गत चैत महिनामा अव्यवस्थित रुपमा टाँगिएका तारको व्यवस्थापन गर्न चार कम्पनी छनोट गरेको जनाएको थियो । प्राधिकरणले माग गरेको उक्त आवेदनमा ६ कम्पनीले आवेदन दिएका थिए । त्यसमध्ये प्राधिकरणले अन्तिम चरणका लागि चार कम्पनी छानेको अर्यालले बताए ।

नेपाल दूरसञ्चार प्राधिकरणको इन्टरनेट तथा केबलका तार व्यवस्थापन पाइलट प्रोजेक्ट अन्योलमा परेको छ । केहि महिनाअघि प्राधिकरणले सडकका पोल तथा घरमा अव्यववस्थत रुपमा टाँगिएका तथा सडकमा झुन्डिरहेका विभिन्न सेवाप्रदायक कम्पनीका तारलाई हटाउन चार कम्पनी छनोट गरेको जनाएको थियो । तर छानिएका कम्पनीले हालसम्म कुनै प्रतिक्रिया नदिएको प्राधिकरणको भनाइ छ ।

प्राधिकरणका अनुसार गत चैत महिनामा अव्यवस्थित रुपमा टाँगिएका तारको व्यवस्थापन गर्न चार कम्पनी छनोट गरेको जनाएको थियो । प्राधिकरणले माग गरेको उक्त आवेदनमा ६ कम्पनीले आवेदन दिएका थिए । त्यसमध्ये प्राधिकरणले अन्तिम चरणका लागि चार कम्पनी छानेको अर्यालले बताए ।

जसमा दुई भारतीय एक मलेसियन र अर्को दुबईको कम्पनी छानिएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिएका थिए । भारतीय कम्पनी प्राइस वाटर हाउस कुपर्स प्रालि र केपीएजी छन् । त्यस्तै मलेसियन कम्पनी फाइबर टेल र दुबईको साइलेन्स कन्सल्टेन्सी छन् । तर हालसम्म छानिएका कम्पनीले कुनै पनि काम तथा प्रतिबद्धता नजनाएको प्रधिकरणले बताएको छ ।

प्रवक्ता अर्यालले छानिएका चार कम्पनीमध्ये पनि आर्थिक, प्राविधिक तथा अन्य हिसाबले एक उत्कृष्ट कम्पनी छान्नुपर्नेे कारणले केही ढिलाइ भएको जनाए । ‘अहिले चार कम्पनीमध्ये एउटा उत्कृष्ट कम्पनी छान्ने क्रममा छौं, छनोट भएपश्चात् उक्त कम्पनीलाई दुई महिनाभित्र सबै कन्ट्र्याक्ट दिने सम्झौता गर्ने तयारीमा छौं,’ उनले क्यापिटल नेपालसँग कुरा गर्दै भने ।

प्राधिकरणले काठमाडौं पोखरा लगाएत देशका मुख्य सहरमा विभिन्न इन्टरनेट सेवा प्रदायक कम्पनीले अनुमति नलिई बिजुलीको पोलमा तार टाङ्दै सेवा दिइरहेका छन् । अहिले नेपालमा विभिन्न सेवा प्रदायक कम्पनी– नेपाल टेलिकम तथा केबलटीभी सेवा प्रदायक कम्पनीहरुले विद्युत् प्राधिकरणको पोल प्रयोग गर्दै आएका छन् । त्यो पनि व्यवस्थित हुन सकेको छैन । एउटै पोलमा सयौं तार छन् । त्यसमा पनि कैयौंं प्रयोग विहीन छन् । प्रयोग भएका तार पनि अस्तव्यस्त रहेको सेवाग्राहीले बताएका छन् ।

विभिन्न इन्टरनेट, केबल सेवा प्रदायक कम्पनीले विद्युतका पोलमा तार टाँग्दा विद्युत् चुहावट हुने र प्राकृतिक वातावरण पनि कुरुप देखिएकाले त्यसको व्यवस्थापनका लागि पहल गर्ने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । दूरसञ्चार प्राधिकरण र विद्युत् प्राधिकरणको समन्वयमा यो समस्याको चाँडै समाधान गर्ने समेत जनाएका छन् । सेवा प्रदायक कम्पनीसँग समन्वय गरेर तार व्यवस्थापनका लागि ठोस योजना लागू गर्ने नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले बताए ।

प्राधिकरणका अनुसार तार व्यवस्थापनमा छानिएको कम्पनीले अन्डर डगसेट गर्ने, अन्डरग्राउन्ड गर्ने, त्यसको वितरण कसरी गर्ने, त्यसमा हुने डिजाइन र प्राविधिक विषयलाई अध्ययन गरेर त्यसको निश्चित मापदण्ड तयार पार्ने अर्यालले बताए ।