हरेक सदस्यको चाहना एउटै छ, यो संस्थालाई बलियो र व्यावसायिक बनाउने । संस्थालाई अझ बलियो बनाउन मैले अध्यक्षमा उम्मेदवारी दिएको हुँ । र अर्को कुरा सबैले आ–आफ्नो टिम बनाउनुपर्छ भनेर लागेका हौं । टिम बनाएर अघि बढ्दा राजनीति भएको भन्न मिल्दैन । म जहिले पनि टिममा विश्वास गर्ने मान्छे हुँ । टिमलाई साथ लिएर अघि हिँड्ने गरेकैले आज म सफल भएको छु । मेरो संयोजकत्वमा भएको नाडा सोलाई नै उदाहरणका रुपमा लिन सकिन्छ ।
नाडाभित्र चरण राजनीति र गुटबन्दी छ भन्ने कुरा बाहिर आइरहेको छ । यदि तपाईं अध्यक्ष भएर आउनुभयो भने यो रोगलाई कसरी निराकरण गर्नहुन्छ ?
मलाई त्यस्तो लाग्दैन, नाडाभित्र अहिले पनि व्यावसायिकता छ । नाडाका हरेक सदस्य व्यावसायिक छन् । व्यावसायिक हिसाबले काम गरिरहेका छन् । यस्तो संस्थामा कसरी राजनीति र गुटबन्दी हुन्छ ?
हरेक सदस्यको चाहना एउटै छ, यो संस्थालाई बलियो र व्यावसायिक बनाउने । संस्थालाई अझ बलियो बनाउन मैले अध्यक्षमा उम्मेदवारी दिएको हुँ । र अर्को कुरा सबैले आ–आफ्नो टिम बनाउनुपर्छ भनेर लागेका हौं । टिम बनाएर अघि बढ्दा राजनीति भएको भन्न मिल्दैन । म जहिले पनि टिममा विश्वास गर्ने मान्छे हुँ । टिमलाई साथ लिएर अघि हिँड्ने गरेकैले आज म सफल भएको छु । मेरो संयोजकत्वमा भएको नाडा सोलाई नै उदाहरणका रुपमा लिन सकिन्छ ।
हरेकको आ–आफ्नो टिम बनाउनु पर्छ । अहिले सबैले आफ्नो टिम बनाइरहेका छन् । यसलाई राजनीति गरेको भन्ने नबुझौं । चरम राजनीति हुनु भनेको ‘नेगेटिभिटी’ बुभिन्छ । राम्रो काम गर्छ भन्नु राजनीति होइन ।
तपाईंहरु दुवैजना मिलेर सर्वसम्मतिबाट नयाँ नेतृत्व छान्नुभएको भए, यो संस्था झन् बलियो भएर जान्थो । त्यसो गर्न किन नसकिएको ?
तपाईंले भनेको एकदमै सही हो । हामीले मिलेर जान एकदमै ठूलो कोसिस पनि गरेकै हो । तर, त्यो सम्भव भएन । त्यो किन सम्भव भएन भने, सबैलाई नेतृत्वमा पुग्ने सोख बढेकाले हो ।
कतिपय मानिस व्यावसायिकभन्दा पनि आफू राजनीति गरिरहन मन लाग्ने खालका हुन्छन् । त्यसैले गर्दा सर्वसम्मत गराउन सकिएन । र अर्को कुरा चुनाव हुने बित्तिकै पनि संस्था कमजोर हुन्छ भन्ने पनि होइन । चुनावले झन ऊर्जा ल्याउँछ । त्यसैले चुनावलाई आत्मसात गरिएको हो ।
सरकारले यो क्षेत्रलाई अझै पनि विलासी बस्तुको रुपमा हेर्दै आएको छ । विलासीको सूचीबाट हटाउन तपाईंको पहल कस्तो रहन्छ ?
सरकारमा बस्ने सबै मानिसले अटो क्षेत्रलाई विलासीको रुपमा हेरेका छैनन् । केही मानिसले त्यसरी हेरेको पाइन्छ । त्यसमा हाम्रो कमजोरी छ । उनीहरु (सरकार)लाई राम्रोसँग सम्झाउन नसकेका हौं । म जितेर आएँभने सबैभन्दा पहिले मेरो काम त्यही हुन्छ । यो क्षेत्र विलासी होइन ।सरकारमा बस्ने धेरैजसोलाई थाहा छ, यो क्षेत्र विलासी होइन । तर, सबैलाई विश्वास दिलाउन मेरो प्रयत्न रहन्छ ।
अटोमोबाइल्स क्षेत्रले कानुनले तोकेभन्दा बढी नाफा लियो भन्ने बाहिर आइरहेको छ । कानुनभन्दा बाहिर गएरै नाफा लिएका हुन् ?
हाम्रो कानुनमा कहिँ न कहिँ समस्या छ । त्यसलाई समयसापेक्ष बनाउनुु अहिलेको मुख्य चुनौती हो । र हाम्रो प्रमुख काम भनेको कानुनलाई संसोधन गर्ने हो, त्यसमा लाग्छौं ।
अहिलेको प्रतिस्पर्धी युगमा पनि अधिक नाफा लिएर व्यवसाय गर्नै सकिँदैन । ग्राहक यति चलाख भइसके कि एउटा गाडीमा अलिकति मूल्य फरक पर्ने बित्तिकै अर्को कम्पनीमा पुगिसकेका हुन्छन् । अब यस्तो युगमा पनि अधिक नाफा लिएर व्यवसाय गर्ने कुरै हुँदैन ।