काठमाडौंमा होम्स इन कन्फेरेन्स

हाउजिङ तथा कन्सट्रक्सन क्षेत्रमा काम गरिरहेका र गर्न चाहने उद्यमी, व्यवसायी तथा इन्जिनियरिङ्, आर्किटेक्ट अध्ययन गर्ने विद्यार्थीहरुलाई लक्ष्य गरी सो समारोह आयोजना गरिएको आयोजकले जनाएको छ ।

होमयुग प्रालिले काठमाडौंमा होम्स इन कन्फेरेन्स आयोजन गरेको छ ।

हाउजिङ तथा कन्सट्रक्सन क्षेत्रमा काम गरिरहेका र गर्न चाहने उद्यमी, व्यवसायी तथा इन्जिनियरिङ्, आर्किटेक्ट अध्ययन गर्ने विद्यार्थीहरुलाई लक्ष्य गरी सो समारोह आयोजना गरिएको आयोजकले जनाएको छ ।

दुई सय ५० भन्दा बढी हाउजिङ तथा कन्सट्रक्सन क्षेत्रमा काम गरिरहेका उद्यमी व्यवसायीहरुको सहभागिता रहेको उक्त कन्फेरेन्सले यस क्षेत्रमा काम गरिरहेका नेपालका ख्यातिप्राप्त उद्यमी व्यवसायीलाई भेट्न र सुन्ने अवसर पाउने होमयुगका सहसंस्थापक प्रदीप खड्काले जानकारी दिए ।