नाडाको मतगणना सुरू

नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसन (नाडा)को मतगणना सुरू भएकाे छ ।

आठ सय ५१ प्रतिनिधि रहेको नाडामा ७ सय ४१ जनाले मतदान गरेका छन् । अध्यक्षसहित १७ जनाको कार्यसमितिमा १४ जनाका लागि चुनाव भएको हो । तीन जना मनोनीत हुने प्रावधान छ । नाडाको अध्यक्षमा शम्भु दाहाल र रामप्रसाद कँडेल प्रतिस्पर्धामा छन् । कुल १४ पदका लागि निर्वाचनमा १८ जना प्रतिस्पर्धी छन् ।

सदस्यमा दीपक थापा, करणकुमार चौधरी, अभिक ज्योति, प्रदीपमान प्रधान, शम्भुप्रसाद सुवेदी, अनुपकुमार बराल, विक्रम सिंहानिया, प्रकाश कपुरी, सुरज भट्टराई, दीपक अग्रवाल, मिलनबाबु मल्ल, पङ्कज अग्रवाल, सुमिरण आचार्य र निलमणि पाठक,  कृष्ण दुलाल, सुनिल रिजाल, सुरेन्द्रकुमार उप्रेती र नन्दकिशोर छन् ।