हेमजामा आलु महोत्सव

महोत्सव मूल आयोजक समितिका संयोजक सुविन श्रेष्ठका अनुसार महोत्सवमा विभिन्न आलुका परिकारका स्वाद लिनुका साथै सांस्कृतिक कार्यक्रमको आनन्द लिन सकिन्छ ।

कास्कीको हेम्जामा जारी नवौँ राष्ट्रिय हेम्जा आलु महोत्सवमा बुधबार सातौँ दिनसम्म करिब ८० लाख रूपैयाँबराबरको आलुको कारोबार भएको छ ।

महोत्सव ५२ हजार दर्शकले अवलोकन गरेका छन् । महोत्सव मूल आयोजक समितिका संयोजक सुविन श्रेष्ठका अनुसार महोत्सवमा विभिन्न आलुका परिकारका स्वाद लिनुका साथै सांस्कृतिक कार्यक्रमको आनन्द लिन सकिन्छ ।

कार्यक्रममा बद्री पंगेनी, जीवन दाहाल, तारापति सुवेदी, सीता केसी, सविन गुरुङ, राजेन्द्र सापकोटा, शङ्कर पन्त, ज्ञानेश्वर सुवेदी, सुभद्रा श्रेष्ठ र हास्य कलाकार राजा राजेन्द्रको प्रस्तुति रहेको सांस्कृतिक उपसमिति संयोजक मिलन बाँस्तोलाले जानकारी दिए । महोत्सव चैत ३० गतेसम्म चल्ने छ ।