नेपाल दूरसञ्चार प्राधिकरणले १ अर्ब ७१ करोड ५४ लाख रुपैयाँ राजस्व नउठाएको महालेखा परीक्षकको कार्यालयले जनाएको छ । कार्यालयले राष्ट्रपतिलाई बुझाएको प्रतिवेदन अनुसार दूरसञ्चार इण्टरनेट सेवा प्रदायकले प्राप्त गरेको दूरसञ्चार र इण्टरनेट सेवा शुल्क १३ अर्ब ८० करोड पाँच लाखमा दूरसञ्चार सेवा दस्तुर असुल नभएकाले एक अर्ब ५१ करोड ८० लाख र सोमा लाग्ने मूल्य अभिवृद्धि कर (भ्याट) १९ करोड ७४ लाख समेत गरेर एक अर्ब ७१ करोड ५४ लाख रुपैयाँ छुटेको छ ।