एनसेलले ल्यायो नयाँ वर्षे ‘सही डाटा प्याक अफर’

यस नयाँ सही डाटा प्याकमा ग्राहकले सुलभ दरमा चौबीसै घण्टा इन्टरनेटका साथै बोनसस्वरूप दैनिक एक घण्टा निःशुल्क भिडियोको मजा पनि लिन सक्ने कम्पनीले जनाएको छ ।

एनसेलले ‘सही डाटा प्याक’ बजारमा ल्याएको छ । यस नयाँ सही डाटा प्याकमा ग्राहकले सुलभ दरमा चौबीसै घण्टा इन्टरनेटका साथै बोनसस्वरूप दैनिक एक घण्टा निःशुल्क भिडियोको मजा पनि लिन सक्ने कम्पनीले जनाएको छ ।

सही डाटा प्याक आउँदो बिहीबारदेखि देशैभर लागू हुनेछ । कम्पनीले डाटा योजनाअन्तर्गत एनसेलका ग्राहकले आधा जीबीदेखि १५ जीबीसम्मको १ दिनदेखि ३० दिनसम्मको समयावधिका चौबीसै घण्टा चलाउन सकिने अल टाइम डाटा प्याकहरू ३९ देखि ७ सय ९९ रुपैयाँसम्ममा सुचारु गर्न सक्ने कम्पनीले बताएको छ ।

त्यसैगरी तीनदिन समयावधि रहेको १.५ जीबी डाटा करसहित ९९ रुपैयाँ, सात दिन समयावधि रहेको ३.५ जीबी डाटा करसहित १ सय ९९ रुपैयाँ र ३० दिन समयावधि रहेको १५ जीबी डाटा करसहित ७ सय ९९ रुपैयाँमा सुचारु गर्न सकिने छ । यो योजना सुचारु भएको दिनदेखि ९० दिनका लागि मान्य रहनेछ ।