यामाहाका स्कुटरमा अभुतपूर्व ‘रिसेल प्रोमिस’

यो योजनाअनुसार यामाहा स्कुटर खरिद गर्ने ग्राहकले एक वर्षभित्र यामाहा मोटरसाइकल वा स्कुटरसँग एक्सचेन्ज गर्न चाहेमा पुरानो स्कुटरको मूल्याङ्कन खरिद मूल्यको ७५ प्रतिशत पक्का पाइनेछ ।

नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले यामाहाका हरेक स्कुटरको खरिदमा अभुतपूर्व ‘रिसेल प्रोमिस’ अर्थात् ‘पुनर्विक्रय वाचा’ घोषणा गरेको छ । यो योजनाअनुसार यामाहा स्कुटर खरिद गर्ने ग्राहकले एक वर्षभित्र यामाहा मोटरसाइकल वा स्कुटरसँग एक्सचेन्ज गर्न चाहेमा पुरानो स्कुटरको मूल्याङ्कन खरिद मूल्यको ७५ प्रतिशत पक्का पाइनेछ ।

यसका साथै, स्कुटर किनेको १२ महिनादेखि १८ महिनाको अवधिमा एक्सचेन्ज गर्न चाहने ग्राहकले पुरानो स्कुटरको मूल्याङ्कन पहिलेको खरिद मूल्यको ७० प्रतिशत पाउनेछन् । त्यसैगरी, १८औं महिनादेखि २४ औं महिनामा यामाहाका दुईपाङ्ग्रेसँग एक्सचेन्ज गर्न चाहने स्कुटरधनीले ६५ प्रतिशत मूल्याङ्कन पाउनेछन् । यामाहाको ‘रिसेल प्रोमिस’ चैत १ गतेदेखि स्कुटर खरिद गर्ने सबै ग्राहकले पाउनेछन् भने यो योजनाको वैधता तीन वर्षसम्म हुनेछ ।

एमएडब्ल्यू इन्टरप्राइजेज यामाहा डिभिजनका मार्केटिङ हेड प्रदिप पोखरेलले भने, ‘अब यामाहाका स्कुटर स्टाइलिस र कम्फर्टेबल मात्र छैनन्, रिसेल प्रोमिस ग्यारेन्टी पनि गरिएको छ ।’ नेपालमा अहिले यामाहाको फेसिनो, रेजी, रे जेडआर र अल्फा गरी चार मोडेलका स्कुटर उपलब्ध छन् । यी स्कुटरहरु विभिन्न उमेर र फरक पेसामा आबद्ध महिलापुरुषलाई सुहाउने गरी तयार पारिएको कम्पनीले बताएको छ ।

यामाहाले नयाँ वर्ष २०७५ को अवसरमा ल्याएको ‘आमन्त्रण’ योजनाका ग्राहकले स्क्र्याच बुकमा पाँच हजारदेखि ५० हजार रुपैयाँसम्म ‘स्योर सट डिस्काउन्ट’ र शतप्रतिशतसम्म ‘क्यास ब्याक’ पाउनेछन् ।