एप्पल वर्ल्डमा मोबाइल एक्सचेञ्ज अफर

नयाँ वर्षको उपलक्ष्यमा दरबारमार्गमा रहेको एप्पल वर्ल्ड मोबाइलले पुरानो मोबाइलसँग नयाँ मोबाइल साट्ने अफर सुरु गरेको छ । साथमा ५० प्रतिशतसम्म छुटको ब्याबस्था पनि गरिएको छ । एक सातासम्मका लागि एक्सचेञ्ज अफर सुरु गरेको एप्पल वल्र्ड मोबाइलले दशैं तिहारमा सञ्चालन गरेको उपहार कार्यक्रमका बिजेतालाई उपहार समेत हस्तान्तरण गरेको छ ।

दरबारमार्गस्थित मर्कन्टाइल प्लाजाको पहिलो तलामा रहेको एप्पल वर्ल्ड मोबाइलले नयाँ बर्ष २०७५ को अवसरमा मोबाइल एक्सचेञ्ज अफर संचालनमा ल्याएको हो । बैशाख एक गतेदेखि आठ गतेसम्म संचालन हुने नयाँ बर्षमा नयाँ मोबाइल अफर अन्तर्गत पुरानो मोबाइलको सट्टा नयाँ मोबाइल प्रदान गरिने एप्पल वल्र्ड मोबाइलका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले बताए ।

उक्त अफर अन्तर्गत जुनसुकै ब्राण्डका पुराना स्मार्टफोनसँग नयाँ स्मार्टफोन सट्टा–पट्टा गर्न सकिनेछ । पुरानो फोनको उचित मूल्य लिएर सट्टापट्टा गर्न पाइनुका साथै मोबाइल खरिद तथा मर्मतमा समेत ५० प्रतिशत छुटको राखिएको एप्पल वल्र्ड मोबाइलका निर्देशक संगम राइले जानकारी दिए ।

एप्पल वर्ल्ड मोबाइलका साथै केएल मोबाइल हब चाबहिल, सिटिसी मलमा रहेको द वल्र्ड भिजन, ताम्राकार कम्प्लेक्स न्युरोडमा रहेको सिटिभि मोबाइलमा सञ्चालन गरिएको दशैं तिहार उपहार योजनाका विजेतालाई उपहार हस्तान्तरण गरिएको छ । दशैं तिहारको उपहार योजनाको पहिलो उपहार यामाहाको मोटरसाइकल नबिन श्रेष्ठले हात पारेका छन् ।