रोममा आयोजित ई–प्रिक्सको प्रायोजक कतार एयरवेज

आधिकारिक एयरलाइन पार्टनरका रूपमा कतार एयरवेजले एलियान्ज ई–भिलेजमा एउटा लाउन्जको आयोजन गर्यो, जहाँ परिवार तथा खेलप्रति उत्साही व्यक्तिहरुलाई विभिन्न प्रकारका गतिविधिमा भाग लिन पाउने व्यवस्था गरिएको थियो ।

यस वर्षको सुरुमा एबीबी एफआईए फर्मुला ई च्याम्पियनसिप प्रायोजनको सफलतापछि गत साताको अन्तिम दिन शनिबार १४ अप्रिलका दिन रोममा मर्सिडिज ईक्यूद्वारा प्रस्तुत २०१८ को सीबीएमएम नायबियम रोम ई–प्रिक्सको उद्घाटनमा कतार एयरवेजले आधिकारिक एयरलाइन पार्टनरका रुपमा प्रतिनिधित्व गर्यो ।

मर्सिडिज ईक्यूद्वारा प्रस्तुत बहुपतीक्षित सीबीएमएम नायोबियम रोम ई–प्रिक्स गत साता सहरका सडकमा पुगेको हो । आधिकारिक एयरलाइन पार्टनरका रूपमा कतार एयरवेजले एलियान्ज ई–भिलेजमा एउटा लाउन्जको आयोजन गर्यो, जहाँ परिवार तथा खेलप्रति उत्साही व्यक्तिहरुलाई विभिन्न प्रकारका गतिविधिमा भाग लिन पाउने व्यवस्था गरिएको थियो ।

कतार एयरवेज समूहका मुख्य कार्यकारी अकबर अल बेकरले भने, ‘गत वर्षको रोमाञ्चक फार्मुला ई सिजनपछि कतार एयरवेजले हाम्रो सहभागिता केवल पेरिस तथा न्यूयोर्कमा ई–प्रिक्सको टाइटल प्रायोजन मात्र होइन, रोम र बर्लिनका आयोजनहरुको पनि आधिकारिक एयरलाइन पार्टनरका रुपमा नवीकरण गरेको छ ।’

‘कतार एयरवेजका लागि पर्यावरण अनुकूल खेल साझेदारी छनोटमा फर्मुला ई एउटा स्वाभाविक चयन थियो, र हामी यस वर्ष रोम ई–प्रिक्सलाई सहयोग गर्न पाउँदा विशेष रूपले प्रसन्न छौं किनकि इटलीसँग बढ्दो सम्बन्धका उत्सव मनाइरहन्छौं जहाँ हाम्रो घर दोहाबाट रोम, मिलान, पिसा तथा भेनिससम्म उडान गर्छौं ।’

फर्मुला ईका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत अलेजेन्ड्रो एगगले भने, ‘रोममा सानदार ऐतिहासिक दौडपछि हामी रोम तथा बर्लिनमा हुने दुवै ई–प्रिक्स कार्यक्रमका लागि पार्टनरका रूपमा कतार एयरवेजसँग खुसी छौं ।’

एयरलाइनले आफ्नो महत्त्वाकाङ्क्षी विस्तार योजनालाई जारी राख्दै यस वर्ष फिलिपिन्सका सेबु तथा डेभाओ, मलेसियाको लङ्कावी, भियतनामको डा नाङ, टर्कीका बोड्रम तथा एन्टल्या, ग्रीसको माइकोनोस तथा स्पेनको मेलागासहित कैयौं रोमाञ्चक नयाँ गन्तव्यमा उडान गर्ने बताइएको छ ।