इलाम सदरमुकाममा आयोजित तीनदिने इलाम महोत्सव सम्पन्न भएको छ । इलाम सदरमुकाम (खलङ्गा) स्थापना भएको २०० औँ वर्ष पुगेको अवसरमा आयोजित महोत्सव सोमबार सकिएको हो । महोत्सवमा ४५ अाेटा स्टल राखिएका थिए । स्टलमा मौलिक तथा आधुनिक खानाका परिकार, जातीय वेशभूषा, जातीय खानाका परिकार, महिला उद्यमी तथा हस्तकलाका विभिन्न सामग्री, कृषिजन्य उत्पादित वस्तु प्रदर्शनीमा राखिएका थिए । ‘इलाम’ शीर्षक...
इलाम सदरमुकाममा आयोजित तीनदिने इलाम महोत्सव सम्पन्न भएको छ । इलाम सदरमुकाम (खलङ्गा) स्थापना भएको २०० औँ वर्ष पुगेको अवसरमा आयोजित महोत्सव सोमबार सकिएको हो ।
महोत्सवमा ४५ अाेटा स्टल राखिएका थिए । स्टलमा मौलिक तथा आधुनिक खानाका परिकार, जातीय वेशभूषा, जातीय खानाका परिकार, महिला उद्यमी तथा हस्तकलाका विभिन्न सामग्री, कृषिजन्य उत्पादित वस्तु प्रदर्शनीमा राखिएका थिए ।
‘इलाम’ शीर्षक गीतको सार्वजनिकीकरण, ‘इलामः हाम्रो गौरव’ झल्कने आतिसबाजी, इलाम नगरपालिका र धरान उपमहानगरपालिका बीच भगिनी सम्बन्धका लागि सम्झौतापत्रमा हस्ताक्षर र माइभ्याली गोल्डकपको प्रथम पुरस्कारका लागि माइभ्याली फुटबल क्लबसँग इलाम नगरपालिकाले मेयर्स प्राइजको प्रबन्धका लागि सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ ।
महोत्सवमा लिम्बू र लेप्चा जातिको पुरानो थातथलोका रूपमा रहेको इलामको इतिहास झल्काउने, इतिहासबारे नयाँ पिँढीलाई जानकारी दिने उद्देश्यले सञ्चालित महोत्सवको ५० हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकले अवलोकन गरेको महोत्सव आयोजक उपसमितिका संयोजक नवराज शङ्करले जानकारी दिए ।
भारतसँगको सुगौली सन्धिपछि नगरी गढी (हाल भारत) बाट फर्किएको श्रीनाथ पल्टन इलामको माईस्थानमा आएर बसेपछि इलाममा सदरमुकाम स्थापना भएको थियो । सुगौली सन्धिपछि नेपाल पक्षले जितेको भूभाग छाड्दै आउने क्रममा विसं १८७५ मा इलामको नारायणस्थानमा आएर बसेको थियो ।
त्यसैलाई आधार मानेर सदरमुकाम (खलङ्गा) स्थापना भएको २०० औँ वर्षगाँठ मनाइएको इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले बताए । महोत्सवको उपराष्ट्रपति नन्दबहादुर पुनले शनिबार उद्घाटन गरेका थिए । रासस