सम्झौतापत्रमा आईएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र नर्भिक हस्पिटलका प्रमुख बजार अधिकृत प्रवीण धरले हस्ताक्षर गरे ।
आईएमई जनरल इन्स्योरेन्स लिमिटेड र नर्भिक इन्टरनेसनल हस्पिटलबीच नगदरहित (क्यासलेस) सेवा प्रदान गर्ने सम्झौता भएको छ ।
उक्त सम्झौतापत्रमा आईएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र नर्भिक हस्पिटलका प्रमुख बजार अधिकृत प्रवीण धरले हस्ताक्षर गरे ।
सम्झौता पश्चात् आईएमई इन्स्योरेन्सबाट औषधोपचार बिमा सेवा खरिद गर्ने ग्राहकहरुको बिमालेखको सीमासम्म नर्भिक हस्पिटलबाट नगदरहित हस्पिटलाईजेसन सेवा प्राप्त हुनेछ ।