आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र नर्भिक इन्टरनेश्नल हस्पिटलबीच नगद रहित सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आईएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र नर्भिक इन्टरनेश्नल हस्पिटलका प्रमुख बजार अधिकृत प्रविण धरले हस्ताक्षर गरे ।
यस सम्झौता पश्चात आईएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकको बीमालेखको सीमासम्म नर्भिक इन्टरनेश्नल हस्पिटलबाट नगद रहित हस्पिटलाईजेसन सेवा प्राप्त हुनेछ ।
श्रेष्ठले नर्भिक इन्टरनेश्नल हस्पिटलले कम्पनीसँगको सहकार्यमा कम्पनीका ग्राहकलाई बीमालेखमा तोकिएको सिमासम्म ‘क्यास लेस हस्पिटलाइजेसन’ सुविधा प्रदान गरेको बताए ।
साथै सोही अवसरमा नर्भिक हस्पिटलले आफना ग्राहकहरुलाई इन्स्योरेन्स लिमिटेडसँग औषधोपचार बीमालेख खरिद गरी अस्पतालसँग बीमालेखको सिमासम्म नगद रहित हस्पिटलाईजेसन सेवा लिन उत्प्रेरित गर्ने बताइएको छ ।