बाजेको सेकुवा न्युयोर्कमा

प्रख्यात नेपाली रेष्टुरेन्टको रुपमा परिचित बाजेको सेकुवाको पहिलो अन्तराष्ट्रिय शाखा अमेरिकाको न्युयोर्क स्थित क्विन्स, सन्निसाईडमा हालै सञ्चालनमा आएको छ ।

सञ्चालनको पहिलो दिन नेपालका चर्चित कलाकारहरु रामकृष्ण ढकाल, जगदिश हमाल, गीता बुर्लाकोटीलगायत डिजेहरुले विशेष कार्यक्रम सहित मनोरञ्जन दिलाए । न्युयोर्क स्थित रहदै आएका सम्पूर्ण नेपालीहरुले लोकप्रिय नेपाली सेकुवाका साथमा विभिन्न नेपाली खानाका स्वाद र पेय पदार्थसंग रमाईलो गरे ।
यसै क्रममा अमेरिका स्थित न्युयोर्कमा बाजेको सेकुवाको एक नेपाली लगानी कर्ता दिपक भण्डारीले बल्ल आफु नेपाल र नेपाली खानाको निकट हुन पाएकोमा खुशी व्यक्त गरेका थिए ।

यसरी आफ्नो ब्राण्डलाई अन्तराष्ट्रियकरण गर्न पाउँदा बाजेको सेकुवाको अध्यक्ष चेतनाथ भण्डारीले खुशी व्यक्त गरे र आगामी सन् २०२४ सम्ममा अमेरिकाको विभिन्न शहरहरुमा आफ्नो आधा दर्जन शाखा विस्तार गर्ने दृढता व्यक्त गरे । हाल १३ वटा राष्ट्रिय र १ वटा अन्तराष्ट्रिय शाखा रहेको बाजेको सेकुवा भोलीका दिनमा संसारका विभिन्न प्रतिष्ठित शहरहरु जस्तै कतारको दोहा, अष्ट्रेलियाको सिड्नी र फिनल्याण्डमा समेत शाखा विस्तारको क्रममा रहेका छन् ।