नेपाली बजारमा भित्रियो ४७ लाखको डुकाटी पानीगाले भी ४

नेपाली बजारमा डुकाटीको पानीगाले भी ४ मोटरसाइकल भित्रिएको छ । ४७ लाख पर्ने मोटरसाइकललाई शुक्रबार नेपाली बजारमा सार्वजनिक गरिएको हो ।

टर्बाे मोटर्सले नेपालमा भित्राएको पानीगाले भि ४ मोटरसाइकललाई राशेज तुलाधरले सार्वजनिक गरेका हुन् । सन् २०१० मा टर्बाे मोटर्सले नेपालमा डुकाटी मोटरसाइकल बेच्दै आइरहेको छ ।

शुक्रबार साँझ सार्वजनिक भएको पानीगाले भी ४ मोटरसाइकल महँगो भएको कारणले मात्र होइन यसको विशेषताले पनि चर्चामा छ । यो डुकाटीको पानीगाले ३ भेरियन्टमा उपलब्ध छ । ११ सय सीसी क्षमताको यो मोटरसाइकल १ सय १४ एचपी पावरको रहेको छ । १ सय ७५ किलो रहेको मोटरसाइकलमा ८३० एमएमको सिटको उचाइ रहेको छ । मोटरसाइकलमा ४ सिलिण्डर रहेका छन् । सुरक्षाका लागि एबिएस रहेको मोटरसाइकलमा १६ लिटरको ट्याङ्की रहेको छ ।