आकर्षक डिजाइनसहित एसयूभीको स्वभाव आउने फोर्ड फ्रिस्टाइलमा भिन्न खालको थ्री डाइमेन्सनल मेसको ग्रिल राखिएको छ । गाडीमा भएको फ्रन्ट बम्परमा स्किड प्लेट र फेसिया सेक्सन जोडिएको छ, जसले फ्रिस्टाइलको डिजाइनलाई अझै आकर्षक बनाएको छ ।
नेपाली अटोबजारमा विश्वमनै लाकप्रिय फोर्ड फ्रिस्टाइल कार भित्रिएको छ । जीओ अटोमोबाइल्स प्रालिले नेपालमा पहिलो पटक फ्रिस्टाइल गाडी भित्र्याएको हो । ललितपुरको लबिम मलमा उक्त गाडीको भव्य प्रदर्शनी गरिएको कम्पनीले जानकारी दिएको छ । फरक डिजाइन, नयाँ प्रविधि र टेक्नोलोजीले भरिपूर्ण उक्त फोर्ड फ्रिस्टाइल नेपालको पहिलो कम्प्याक्ट युटिलिटी भेहिकल भएको कम्पनीको भनाइ छ ।
कम्पनीका अनुसार नेपाली अटो बजारमा ठूला तथा सुविधायुक्त गाडीको माग बढ्दो अवस्थामा रहेका ले पनि नेपालमा यो किसिमको कार ल्याउन लागेका कम्पनीले जानकारी दिएको छ । कम्पनीले अग्रिम बुकिङ सेवा सुरु गरिसकेको र ग्राहकको सन्तुष्टिलाई ध्यानमा राखेर केही छुटसमेत दिएको कम्पनीले बताएको छ ।
आकर्षक डिजाइनसहित एसयूभीको स्वभाव आउने फोर्ड फ्रिस्टाइलमा भिन्न खालको थ्री डाइमेन्सनल मेसको ग्रिल राखिएको छ । गाडीमा भएको फ्रन्ट बम्परमा स्किड प्लेट र फेसिया सेक्सन जोडिएको छ, जसले फ्रिस्टाइलको डिजाइनलाई अझै आकर्षक बनाएको छ । फ्रिस्टाइलमा रहेको पेट्रोल इन्जिन सानो, हलुका र शक्तिशाली हुनुका साथै कम इन्धन प्रयोग गरी राम्रो माइलेज प्रदान गर्छ । यसको ९६ पीएस पावर यो सेग्मेन्टको सबैभन्दा बढी हो । गाडीमा इन्जिन क्षमता १२ सय सीसी रहेको छ ।
६ ओटा गियर ब्याग र इलेक्ट्रोनिक स्ट्याबिलिटी भएको फोर्ड फ्रिस्टाइल ग्राहकको सुरक्षालाई पनि ध्यान राखेर बनाइएको छ । फोर्ड फ्रिस्टाइलमा फोर्डको इन–कार इन्फोटेनमेन्ट सिष्टम, सिङ्क थ्री र ६.५ इन्चका टचस्क्रिनको पनि व्यवस्था छ, जसले गाडी चालकलाई आफ्नो स्मार्टफोनसँग पूरा कनेक्ट गराउँछ । यस फ्रिस्टाइल गाडीको मूल्य भने नतोकिएको कम्पनीले जानकारी दिएको छ ।