दुगड ग्रुपद्वारा सर्भिस राइड सम्पन्न

कम्पनीको सोरुम बालाजुबाट सुरु भएको राइडमा रोयल इन्फिल्डका सर्भिस म्यानेजर विवेक मिश्राले शुभारम्भ गरेका थिए ।

नेपालमा रोयल इन्फिल्ड मोटरसाइकलको आधिकारिक विक्रेता एमभी दुगड ग्रुप अन्तर्गतको विवेक अटोमोबाइल्स प्रालिले शनिवार रोयल इन्फिल्ड सर्भिस राइड कार्यक्रम आयोजना गर्यो । कम्पनीको सोरुम बालाजुबाट सुरु भएको राइडमा रोयल इन्फिल्डका सर्भिस म्यानेजर विवेक मिश्राले शुभारम्भ गरेका थिए ।

माछापोखरी, सामखुसी, पानीपोखरी, महाराजगन्ज, बासँबारी, गोल्फुटार, हात्तिगौंडा, बूढानीलकण्ठ हुँदै साे राइड शिवपुरीस्थित ग्रिन भ्याली रिसोर्टमा पुगेर सम्पन्न भएको कम्पनीले जानकारी दिएको छ । राइडमा रमेश अग्रवालले रोड क्याप्टेनको भूमिका निभाएका थिए । उक्त राइडमा ३३ ओटा रोयल इन्फिल्डमध्ये ४० जना राइडरहरुले सहभागिता जनाएका थिए ।

उक्त र्यालीको मुख्य उद्देश्य राइडरलाई सडक सुरक्षा, ट्राफिक नियमको पालना र जनचेतना, पर्यावरण एवम् वातावरणमैत्री सडक अनुशासनको सन्देश प्रवाह गर्नु रहेको कम्पनीकी पीअार हेड विमला थापाले बताइन् । साथै राइडरहरुबीच भातृत्व कायम गरी भाइचाराको भावना र सद्भाव बढाउनु पनि यस र्यालीका उद्देश्य हो । राइडमा सहभागी राइडरले वन लेन राइड र सेफ्टी राइडका नियमहरु पालना गर्दै राइड गरेका थिए ।

रोयल इन्फिल्ड मोटरसाइकल एउटा ऐतिहासिक प्रतिष्ठित अन्तर्राष्ट्रिय आइकनिक ब्रान्ड हो । नेपालका लागि रोयल इन्फिल्ड मोटरसाइकलको आधिकारिक बिक्रेता विवेक अटोमोबाइल्स प्रालिले १९ ओटा शाखा तथा डिलरबाट विक्री वितरण तथा बिक्रीपछिका सेवा प्रदान गरिरहेको छ ।