युट्युबको भिडियो इतिहास १४ वर्षमा लाग्याे (हेर्नुस् पहिलाे भिडियाे)

युट्युब ती प्ल्याटफर्महरुमध्ये एक हो जसले सबैभन्दा बढी इन्टरनेट खपत गर्छ ।

युट्युब, यो नाम मनमा आउने बित्तिकै सबैभन्दा पहिला हामीलाई यो सम्झना हुन्छ कि आफूले चाहेको सङ्गीत वा भिडियो हेर्न यो प्ल्याटफर्ममा पाइन्छ । युट्युब ती प्ल्याटफर्महरुमध्ये एक हो जसले सबैभन्दा बढी इन्टरनेट खपत गर्छ । तर, के तपाईंलाई थाहा छ, युट्युबले अहिलेको स्थान पाउन कति समय लाग्यो ? बहुत थोरै समयमा युट्युब यो स्थानमा आइपुगेको हो । केवल १३ वर्षको किशोरावस्थामा । आजकै दिन २३ अप्रिल २००५ मा युट्युबमा पहिलो भिडियो अपलोड गरिएको थियो । हामी तपाईंलाई युट्युबमा अपलोड गरिएको पहिलो भिडियोबारे केही रोचक कुराहरु ल्याएका छौं ।

युट्युबमा अपलोड हुने पहिलो भिडियोको शीर्षक थियोः– ’मी एट द जु’ ‘Me at the Zoo’

यो भिडियोलाई युट्युबकम सहसंस्थापक जावेद करीमले २३ अप्रिल २००५ मा अपलोड गरेका थिए । यो भिडियो मात्र १८ सेकेन्डको थियो । यो भिडियो जावेदका मित्र याकोव लापित्स्कीले रेकर्ड गरेका थिए ।

’मी एट द जु’ नामको यो भिडियोलाई अहिलेसम्म ४८ लाखभन्दा धेरै पटक हेरिएको छ ।

यो भिडियोमा जावेद सैन डिएगो सहरको एउटा चिडियाखानामा छन् र उनी हात्तीहरुका अगाडि उभिएर तिनीहरुका बारेमा कुरा गर्दैछन् । भिडियोमा ती जनावरका बारेमा जावेद भन्छन्, ‘सबैभन्दा रोचक कुरा, यसको सुँड धेरै, धेरै, धेरै नै लामो हुन्छ ।’

युट्युबको सुरुआत चैड हर्ले, स्टिभ चेन तथा जावेद करीमले गरेका थिए । नोभेम्बर २००६ मा टेक दिग्गज गुगलले १.६५ बिलियन डलरमा यो साइटलाई किन्यो ।

युट्युबको प्रयोग विश्वका ८८ देश तथा ७६ भाषाहरुमा गर्न सकिन्छ ।

युट्युबमा हरेक मिनेटमा ४ सय घण्टाभन्दा बढीका भिडियो अपलोड गरिन्छन् ।

१२ जनवरी २०१७ मा अपलोड भएको ’Despacito’ गीत युट्युबमा अहिलेसम्म सबैभन्दा बढी पटक हेरिएको छ । यस गीतले अहिलेसम्म ५ अर्ब ६८ करोड ९ लाख ४५ हजार क्लिक्स पाइसकेको छ ।

हेर्नुस्  भिडियाे