एनवाईईएफको अध्यक्षमा श्रेष्ठ

नेपाली युवा उद्यमी मञ्चको अध्यक्षमा अजय श्रेष्ठ चुनिएका छन् । उनी यसअघि उपाध्यक्ष थिए । १४ औं बार्षिक साधारण सभाबाट उनी विधानतः अध्यक्ष भएका हुन् ।

यसअघि बरुण लोहिला अध्यक्ष थिए । उनको कार्यकाल सकिएको छ । निकोलस पाण्डे प्रथम उपाध्यक्ष भएका छन् । द्वितीय उपाध्यक्षमा नितेश लामिछाने, उपाध्यक्षमा जुना माथेमा (महिला) भएका छन् । त्यसैगरी, सदस्यहरुमा उदीप श्रेष्ठ, उपाशना श्रेष्ठ, निभिता प्रधान, कुशलसुन्दर श्रेष्ठ चुनिएका छन् । त्यस्तै, प्रकाशदेव पालिखे (उपाध्यक्ष च्याप्टर), सुमोदमान शैजु (इन्भाइट पूर्व अध्यक्ष रुपन्देही च्याप्टर) रहेका छन् ।