सारथिको सेवा मोटरसाइकलबाट पनि

प्रायः रातिको समयका उपत्यका तथा अन्य क्षेत्रमा यातायातका साधन नपाइने र र सारथि ट्याक्सीले सबै स्थान हेर्न नभ्याउने समस्याले सारथि मोटरसाइकल सेवा सञ्चालनमा ल्याउन लागेको उनले बताए । सारथि मोटरसाइकलमा समावेश हुन चाहनेहरूले सारथि एपमा अवेदन गरी आफ्नो स्थान सुरक्षित गर्न सक्ने पनि उनको भनाइ छ ।

ट्याक्सीद्वारा सेवा दिँदै आएको सारथिले अबभने मोटरसाइकलबाट पनि सेवा सञ्चालन गर्ने भएको छ । उपत्यकामा ट्याक्सीमार्फत सेवा दिइरहेकोमा केही महिनाभित्र सारथि मोटरसाइकल पनि सञ्चालनमा ल्याउने तयारी गरेको सारथिले प्रबन्ध निर्देशक अनिल चौधरीले जानकारी दिए ।

प्रायः रातिको समयमा उपत्यका तथा अन्य क्षेत्रमा यातायातका साधन नपाइने हुँदा अाम मानिसलार्इ निकै समस्या परेकाे छ । याे समस्या समाधानका लागि थप सेवा दिन सारथि मोटरसाइकल सेवा सञ्चालनमा ल्याउन लागेको उनले बताए । सारथि मोटरसाइकलमा समावेश हुन चाहनेहरूले सारथि एपमा अावेदन गरी आफ्नो स्थान सुरक्षित गर्न सक्ने पनि उनको भनाइ छ ।

सारथिले उक्त एपद्वारा सेवाग्राही उपलब्ध गराइदिने चौधरीले जानकारी दिए । यातायात व्यवस्था विभाग तथा नापतौल विभागसँगको समन्वयमा मोटरसाइकल सेवा सञ्चालन प्रक्रिया अघि बढाइने गरी अहिले छलफल भइरहेको उनको भनाइ छ।