‘कोक खाम् रसिया जाम’ योजनाको ४० बिजेताको नाम घोषणा, तपाईं पनि पर्नुभयो की ?

कोकाकोला नेपालले सञ्चालन गरेको सबैभन्दा ठूलो उपभोक्ता प्रमोशन क्याम्पेन ‘कोक खाम् रसिया जाम’ अभियान अन्र्तगत ४० भाग्यसाली बिजेताको छनोट भएका छन् । उक्त अबसरमा ४० जना सबैले रसिया पुग्ने त्यहाँ लाग्ने सम्पूर्ण खर्च सहित कम्पनीले ब्यर्होने गरि रसियामा हुने विश्वकप २०१८ को प्रत्यक्ष हेर्ने मौका पाउने कम्पनीले जानकारी दिएको छ ।

सो योजना फेब्रवरी १५, २०१८ बाट सुरु भएर अप्रिल १५ मा समापन भएको हो । ४० जना भाग्यसाली बिजेताको नाम घोषणा भएको छ । साथै १८ जना भाग्यसाली उपभोक्ताले २४ इन्चको टेलिभिजन जितेका छन् भने १० हजार भन्दा बढिले फिफाको लोगो अङकित बिशेष उपहार स्पिकर, हेडफोन, पेन ड्राइभ जितेको कम्पनीले जानकारी दिएको छ ।

उक्त क्याम्पेनको दौरान केही भाग्यसाली विजेताले भने ‘म रसिया ट्रिप बिजेता बनेको दिनलाई कहिल्यै भुल्न सक्दिन ।’ म रसिया घुम्न निकै उत्साहित छु र त्यो क्षणलाई म नेपाली तरिकाले मनाउन चाहन्छु । नेपाली पोशाकमा, हातमा नेपाली झण्डा लिएर र मेरो टाउको माथि उठाउने छु ।’

कोकाकोला नेपालका कन्ट्री डाइरेक्टर अम्बुज सिंहले भने ‘हामी निकै खुसी छौँ किन भने यो क्याम्पेन नेपाली कोकाकोलाका उपभोक्ताको लागि अविस्मरणीय भयो । यो सबैभन्दा ठुलो मध्येको एक क्याम्पेन थियो । निकट भविष्यमा यस्ता खालको क्याम्पेन संचालन गर्दै जानेछौँ ।