नेपालमा अन्तर्राष्ट्रिय ब्रान्ड फैलाउँदै पाण्डे

विदेशबाट मगाउने वा उता गएका बेला किनमेल गर्ने धेरै नेपाली भेटेपछि ब्रान्डेड उत्पादन नेपालमा भित्र्याउन थालेको पाण्डे बताउँछन् । ‘सेलिब्रिटी, व्यापारी, कूटनीतिक क्षेत्रका व्यक्तिलगायतले ब्रान्डेड सामान रुचाउने गरेका छन्’, उनले भने । सर्वसाधारणले पनि अब त्यस्ता सामानमा रुचि देखाउन थालेको उनको भनाइ छ ।

अचेल फेसनको मुड सडकमा देखिन्छ, सिनेमा घर र सपिङ मलमा पनि फेसनको पारो उकालो नै देखिन्छ । क्लब, पार्टीमा ड्रेस कन्सियस हुनेहरुको गसिप पछिल्लो फेसन ट्रेन्डमै हुन्छ ।

प्रख्यात अन्तर्राष्ट्रिय ब्रान्डका उत्पादनहरुको घरेलु बजारमा प्रवेशसँगै नेपाली उपभोक्ता ब्रान्डप्रति आकर्षित हुन थालेका छन् । उपभोक्ताको रोजाइमा अन्तर्राष्ट्रिय ब्रान्ड पर्न थालेपछि अन्तर्राष्ट्रिय ब्रान्ड भित्रिने क्रम पनि बढिरहेको छ । एउटै ग्रुपले विभिन्न अन्तर्राष्ट्रिय ब्रान्ड भित्र्याएर आकर्षक आउटलेट खोल्न थालेपछि उपभोक्ताको सपिङ कल्चर पनि परिवर्तन भएको छ ।

उपभोक्ताको अन्तर्राष्ट्रिय ब्रान्डप्रतिको आकर्षणकै कारण आरपी ग्रुपले नेपालमा विभिन्न १७ ओटा अन्तर्राष्ट्रिय ब्रान्ड भित्र्याएको छ । आरपी ग्रुपले चर्चित ब्रान्ड इन्डियन टेरियन, डब्ल्यू, ओरेलिया, लुई फिलिप, सत्यपउल, विसफुल, डिल जिन्स, इटालीको डा मिलानो इटालिया, रोसो ब्युनेलियो, अमेरिकाको जोस ए ब्याङ्क, फ्रान्सको सेलिआ, कलर प्लस, रिल्याक्सी फुटवेयर, रूलफ्याराेलाेनलगायतका ब्रान्ड नेपालमा भित्र्याएको छ ।

‘फेसनमा नयाँ पुस्ताको चासो बढी छ, यसले अन्तर्राष्ट्रिय ब्रान्डको व्यापारलाई पनि बढाएको छ,’ आरपी ग्रुपका प्रबन्ध निर्देशक रुपेश पाण्डेले भने, ‘उनीहरुको चाहानालाई पूरा गर्न विभिन्न नयाँ ब्रान्ड नेपालमा ल्याएका छौं ।’

नेपालका नेता, विद्यार्थी तथा व्यपारीहरु ब्रान्डेड सामान किन्ने क्रम बढ्दो छ । ‘उनीहरुले ब्रान्डबारे जानाकारी पाउँछन् जानकारीसँगै ब्रान्डेड सामान खरिद पनि बढ्न थालेको हो,’ उनले भने, ‘केहीले विदेश गएको समयमै त्यस्ता सामान खरिद गरेको पनि देखिन्छ । यो क्रमसँगै नेपालमा पनि स्थापित कम्पनीका उत्पादनले बजार पाउन थालेका हुन् ।’

विदेशबाट मगाउने वा उता गएका बेला किनमेल गर्ने धेरै नेपाली भेटेपछि ब्रान्डेड उत्पादन नेपालमा भित्र्याउन थालेको पाण्डे बताउँछन् । ‘सेलिब्रिटी, व्यापारी, कूटनीतिक क्षेत्रका व्यक्तिलगायतले ब्रान्डेड सामान रुचाउने गरेका छन्’, उनले भने । सर्वसाधारणले पनि अब त्यस्ता सामानमा रुचि देखाउन थालेको उनको भनाइ छ ।

पाण्डेले नेपाल भित्र्याउने ब्रान्डेड सामानको एमआरपी (अधिकतम खुद्रा मूल्य) कम्पनीमा नै राखेर ल्याउने गरेको बताए । यसरी एमआरपी लगाएर सामान नेपाल ल्याउँदा उपभोक्ता नठगिने उनको भनाइ छ ।

‘नेपालमा अझै पनि अन्तर्राष्ट्रिय ब्रान्ड भनेर नक्कली सामान बेच्ने र सक्कलीसरह मूल्य लिने गरेकाले उपभोक्तामा अन्योल देखिन्छ,’ उनले भने । राम्रो आउटलेट र महँगो ठाउँमा खोल्नेबित्तिकै ब्रान्डेड सामान पाइदैन यसमा उपभोक्ताले पनि चासो राख्नुपर्ने उनले बताए ।

कम्पनीले नै नेपाल भित्र्याउने सामग्रीको एमआरपी तोकेर नेपाल पठाउने हो भने अहिले भएको ठगी तत्काल रोकिने पाण्डे बताउँछन् । ‘मैले हरेक अन्तर्राष्ट्रिय ब्रान्डमा एमआरपी राखेर नेपाल भित्र्याउने गरेको हो,’ उनले भने, ‘यसैगरी, सबै अन्तर्राष्ट्रिय ब्रान्डमा एमआरपी लगाउने हो भने नेपालीहरुमा विश्वासको वातावरण बढ्छ ।’

‘अहिले न्यून बीजकीकरण नरोकिनुको प्रमुख भनेको एमआरपी नलगाई सामान भित्र्याउनु हो,’ उनले भने, ‘हरेक सामग्रीमा एमआरपी तोकेर ल्याउने हो भने अहिले देखिएको ठगी रोकिन्छ ।’ अन्तर्राष्ट्रिय ब्रान्डका नाममा ठूलो ठगी भइरहेको छ । व्यापारीले हरेक अन्तर्राष्ट्रिय ब्रान्डमा एमआरपी राखेर ल्याउने हो भने अहिले देखिएको समस्या तत्काल सकिने उनको भनाइ छ ।

‘न्यून बीजकीकरण गरेर महँगो मूल्य पर्ने सामान सस्तोमा नेपाल ल्यायो, अनि नेपालीलाई ब्रान्डको नाममा चर्को मूल्य लियो,’ उनले भने, ‘व्यापारीको कमाउ धन्दाका कारण बदनाम भइरहेको छ ।’ ‘व्यापारीले एमआरपी राखेर ल्याउने र सोहीअनुसार भन्सार तिर्ने हो भने अनुगमनकारीसँग डराउनुपर्ने कुनै कारण छैन,’ उनी भन्छन् ।