दुगड ग्रुपकोे थ्रीह्विलर्सकोे शाखा विराटनगरमा

नेपालका विभिन्न स्थानमा यात्रु ओसार पसार तथा सामान ढुवानीका लागि उपयुक्त तथा प्रभावकारी साधनका रुपमा तीनपाँग्रे सवारीसाधन धेरैको रोजाइमा पर्छ । उक्त सवारी सानो पुँजीलबाटै सञ्चालन गर्न सकिन्छ ।

एमभी दुगड ग्रुपको विवेक अटोमोबाइल्स प्रालिले पियाजियो थ्रीह्विलर्सको पहिलो सोरुम बिराटनगरमा खोलेको छ ।

नेपालका विभिन्न स्थानमा यात्रु ओसार पसार तथा सामान ढुवानीका लागि उपयुक्त तथा प्रभावकारी साधनका रुपमा तीनपाँग्रे सवारीसाधन धेरैको रोजाइमा पर्छ । उक्त सवारी सानो पुँजीलबाटै सञ्चालन गर्न सकिन्छ । सोही सरल सेवा सुविधाका लागि पियाजियो थ्रीह्विलर्सको पहिलो शाखा बिराटनगरको बरगाछीबाट शुभारम्भ गरिएको दुगड ग्रुपकी पब्लिक रिलेसन प्रमुख विमला थापाले जानकारी दिइन् ।

शाखाको उद्घाटन पियाजियो भेइकल्स इन्डियाका म्यानेजर दीपककुमार र नेपालका लागि पियाजियोका हेड अफ अपरेसन विजय महतोले संयुक्त रुपमा गरेका थिए ।