विजय लघुवित्त वित्तीय संस्थामा चार जना सञ्चालक चुनिएका छन् । १५ मङ्सिरमा सम्पन्न कम्पनीको पाँचौं साधारणसभाले कपिल न्यौपालने, खेमराज सापकोटा, शालिग्राम शर्मा र शम्भु शाक्यलाई सञ्चालक चुनेको हो । चारैजना गुडविल फाइनान्सका तर्फबाट संस्थापक सेयरधनी समूहबाट सञ्चालक बनेका हुन् । चारवर्षे कार्यकालका लागि चुनिएको नयाँ सञ्चालक समितिको अध्यक्षमा कपिल न्यौपाने चुनिएको नेप्सेले जानकारी दिएको छ ।