नेपाल धितोपत्र बोर्ड (सेबोन)ले थप सेयर निष्कासन (एफपीओ) गर्न नदिएपछि शिखर इन्स्योरेन्सले कुल सेयरको १४ प्रतिशत संस्थापक सेयरलाई सर्वसाधारण सेयरमा परिणत गर्ने भएको छ ।
कम्पनीले साधारण सेयरको अनुपात ४० प्रतिशत पु¥याउनका लागि एफपीओ जारी गर्ने प्रस्ताव सेबोनमा पठाएको थियो । तर सेबोनले एफपीओसम्बन्धी कार्यविधि ल्याएर लगातार एफपीओ जारी गर्न नपाइने व्यवस्था गरेपछि शिखरको उक्त योजना असफल भएको हो ।
अब कम्पनीले संस्थापक सेयरमध्ये २० प्रतिशत (कुल सेयरको १० प्रतिशत) लाई साधारण सेयरमा रुपान्तरण गर्ने प्रस्ताव आगामी साधारणसभामा प्रस्तुत गर्न लागेको छ । त्यसपछि कम्पनीमा सर्वसाधारण सेयरको हिस्सा ४४ प्रतिशत पुग्नेछ ।
यसबाहेक कम्पनीले २९ प्रतिशत बोनश सेयर जारी गर्ने प्रस्ताव पनि पुस ७ मा बस्ने साधारणसभामा प्रस्तुत गर्दै छ । सोही साधारणसभा प्रयोजनका लागि कम्पनीले १८ मङ्सिर (सोमबार) देखि पुस ७ गतेसम्म सेयर धनी किताब बन्द गरेको छ ।