जनता बैङ्कले १४ दशमलव ४० प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । कम्पनीले हालको चुक्ता पुँजी ६ अर्ब ९९ करोड ३६ लाख ९३ हजार ९९० रुपैयाँको १४ दशमलव ४ प्रतिशत हुने गरी १ अर्ब ७० लाख ९१ हजार ९ सय ३५ रुपैयाँबराबरको बोनस सेयर दिने प्रस्ताव गरेको हो । बोनस सेयर जारी भएपछि कम्पनीको चुक्ता पुँजी ८ अर्ब ७ लाख ८६ हजार पुग्नेछ ।