‘डिल जिन्स’ लबिम मल पुल्चोकमा

डिल जिन्स इन्डियामा उत्पादित तथा युवा युवतीहरुमाझ निकै रुचाइएको चर्चित ब्रान्ड हो ।

नेपाली बजारमा ब्रान्डेड कपडाहरु बिक्री वितरण गर्दै आइरहेको आरपी ग्रुपले विगतमा झैं यसपालि पनि नयाँ ब्रान्ड ‘डिल जिन्स’ नेपालमा भित्र्याएको छ । डिल जिन्स इन्डियामा उत्पादित तथा युवा युवतीहरुमाझ निकै रुचाइएको चर्चित ब्रान्ड हो ।

आर पी ग्रुपले नेपालमा पुल्चोकस्थित लबिम मलको पसल नं. ००१ बाट बिक्री सुरु गरेको छ । विगतभन्दा हाल आएर ब्रान्डेड कपडा, जुत्ता लगायतका फेसनेबल वस्तुहरुमा बढी आकर्षित भइरहेका बेला यस्ता युवा–युवतीहरुलाई डिल जिन्स अति उपयोगी हुने डिल जिन्सका बजार व्यवस्थापक ओमप्रकाश पौडेलले बताए ।

डिल जिन्सले विशेष गरी लेडिज पहिरनहरु जिन्स, पाइन्ट, सटर््स, टप, सर्ट, टी–सर्ट, ड्रेस लगायतका पोसाकहरु उत्पादन गर्दछ । यस ब्रान्डका लेडिज पहिरनहरु बिक्री सुरु भएको केही दिनमै ग्राहकहरुबाट निकौ राम्रो प्रतिक्रिया आइरहको पौडेलले जानकारी दिए ।