बैशाख २१ गतेबाट ७औं नेपाल हर्ब्स आयुर्वेद एक्स्पो–२०१८

मेलामा अर्गानिक प्रमाणित जडिबुटी, कृषि उत्पादन, नेचुरल एग्रो उत्पादन, आर्युवेदिक औषधी र उपचार सेवा, सुगन्धित तेल, प्राकृतिक मह, यस क्षेत्रसँग सम्बन्धित प्रशोधन गर्ने मेसिनरी तथा टुल्सहरु, कस्मेटिक प्रडक्टहरु, होमियोप्याथी, नेचुरल ट्रिटमेन्ट, वनस्पतिका बिरुवा, बीउबिजन लगायतका स्टलहरु रहने छन् ।

‘अमृत जडिबुटी तपोभूमिको सङ्कल्प, प्रयोग गरौं आरोग्य जीवनको विकल्प, स्वस्थ्य र सुखी नेपालीको चाहना, समृद्धिका लागि जडिबुटी उद्यम’ भन्ने नारासहित नेपाल हब्र्स तथा हर्बल उत्पादक सङ्घले सातौं नेपाल हर्ब्स आयुर्वेद एक्स्पो–२०१८ आयोजना गर्ने भएको छ ।

मेलामा अर्गानिक प्रमाणित जडिबुटी, कृषि उत्पादन, नेचुरल एग्रो उत्पादन, आर्युवेदिक औषधी र उपचार सेवा, सुगन्धित तेल, प्राकृतिक मह, यस क्षेत्रसँग सम्बन्धित प्रशोधन गर्ने मेसिनरी तथा टुल्सहरु, कस्मेटिक प्रडक्टहरु, होमियोप्याथी, नेचुरल ट्रिटमेन्ट, वनस्पतिका बिरुवा, बीउबिजन लगायतका स्टलहरु रहने छन् ।

मेलाले नेपालमा उत्पादित औषधिजन्य जडिबुटीबाट निर्मित वस्तुहरुको पहिचान र व्यापार वृद्धिका लागि ठूलो मद्दत पुगेको बताइएको छ । नेपालको मौलिक वस्तुमा विशेष महत्त्व र ग्रामीण क्षेत्रका समुदायहरुको आर्थिक उपार्जनका लागि ८० प्रतिशत जनताको स्वरोजगार तथा आयस्रोत जडिबुटी क्षेत्रले नै ओगटेकाले यसको महत्त्व र यसले अर्थतन्त्रमा पार्ने सकारात्मक असर निकै धेरै छ । स्वदेशमा रोजगारी सृजना गर्दै आय आर्जनमा थप टेवा र राष्ट्रिय पहिचानमा जडिबुटीको प्रवद्र्धन गर्न विद्यमान कानुन संशोधन र प्रविधिमा लगानी, स्वदेशी लगानीको संरक्षण, स्वरोजगार तथा उद्यमशीलता विकास गर्न सङ्घले विगतदेखि नै पहल गरिरहेको बताइएको छ ।

मेलामा सयभन्दा बढी व्यवसायीका स्टल राखिने छन् । मेलाको मुख्य आयोजक नेपाल हब्र्स एन्ड हर्बल प्रडक्ट्स एसोसिएसन (नेहपा) हो भने नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, वन तथा वातावरण मन्त्रालयको सहकार्य रहने छ । निकासी प्रवद्र्धन केन्द्र र जर्मन सहयोग नियोग (जीआईजेड) इन म्याप्स परियोजना सहयोगीको भूमिकामा छन् ।

यसअघि नेपाल उद्योगवाणिज्य महासङ्घसँग सह आयोजक भएर अन्तर्राष्ट्रिय व्यापार मेलामा प्रदर्शनी गर्दै आएकोमा यस वर्षदेखि सङ्घ आफैले मेला आयोजना गरेको हो । एक्स्पो यही बैशाख २१ देखि २३ गतेसम्म काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी केन्द्रमा हुनेछ ।