आईएमई प्रिभिलेजरकस्टमर कार्ड प्रयोगमा छुट

यो नयाँ व्यवस्था २०७५ साल वैशाख १९ गतेबाट लागू हुनेछ । बाजेको सेकुवा, चन्द्रागिरि हिल्स, काठमाडौं फनभ्याली, रिभर बे रिसोर्ट, सीएम ट्रेडिङ, केक कोसेली, डल्ले, ह्विपील्यान्ड, कफी लाउन्ज, एचएफसी, भ्यू सिनेमा, रेडमड क्याफे, यूजीबजार, भेलोसिटी एरिना तथा सीमीशो जस्ता स्थानहरुबाटहाललाई यो सेवाउपलब्धहुनेछ ।

आईएमई लिमिटेडले आईएमई कस्टमर÷प्रिभिलेज कार्डका सेवाग्राहीलाई विभिन्न किनमेल केन्द्र र रेस्टुरेन्टहरूमा सातदेखि २० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ । कम्पनीले ‘कार्ड एक फाइदा अनेक’ नामले यो अफर ल्याएको हो ।

यो नयाँ व्यवस्था २०७५ साल वैशाख १९ गतेबाट लागू हुनेछ । बाजेको सेकुवा, चन्द्रागिरि हिल्स, काठमाडौं फनभ्याली, रिभर बे रिसोर्ट, सीएम ट्रेडिङ, केक कोसेली, डल्ले, ह्विपील्यान्ड, कफी लाउन्ज, एचएफसी, भ्यू सिनेमा, रेडमड क्याफे, यूजीबजार, भेलोसिटी एरिना तथा सीमीशो जस्ता स्थानहरुबाटहाललाई यो सेवाउपलब्धहुनेछ ।

यो सेवा लिन सेवाग्राहीले बिल जारी गर्नुपूर्व आफूले बोकेको आईएमई प्रिभिलेज÷कस्टमर कार्ड देखाउनुपर्ने छ ।

आफ्नो स्थापना कालदेखि नै रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पु¥याउन प्रतिबद्ध यस कम्पनीले सेवा शुभारम्भको १७औँ वर्षसम्म नेपालका सहरी तथा ग्रामीण क्षेत्रलाई समेट्ने गरी १ सय ६० आईएमई सेन्टरसहित ७७ जिल्लाका ७ हजार १ सयभन्दा बढी सब–एजेन्ट र बैङ्क तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरुले दःुखगरी कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आइरहेको छ ।