नेपाल अायल निगमले पेट्राेलियम पदार्थकाे मूल्य बढाएकाे छ । बुधबार १२ बजेदेखि लागू हुने गरी पेट्राेलमा २ र डिजेल तथा मट्टीतेलमा ३/३ रूपैयाँ बढाएकाे छ । यस अघि प्रतिलिटर पेट्राेलकाे मूल्य एक सय ६ रूपैयाँ र डिजेल तथा मट्टीतेलकाे मूल्य ८७ रूपैयाँ थियाे ।
अबदेखि काठमाडाैं उपत्यकामा पेट्राेलकाे मूल्य एक सय ८ रूपैयाँ र डिजेल तथा मट्टीतेलकाे मूल्य ९० रूपैयाँमा बिक्री हुने निगमले जनाएकाे छ । निगमका अनुसार ग्यासकाे मूल्य यथावत राखिएकाे छ ।