केएल दुगडको नयाँ उत्पादन ज्ञान चामलको पिठो

केएल दुगड समूहले आफ्नो लोकप्रिय ज्ञान ब्रान्डमा चामलको पिठो बजारमा ल्याएको छ । समूहले ज्ञान ब्रान्डमा मैदा, आँटा, भोग चक्की आटा, रहर, मसुर, चना दाल तथा बासमती चामल उत्पादन गर्छ ।

केएल दुगड समूहले ज्ञान ब्रान्डमा चामलको पिठो ल्याएको छ । यो समूहले ज्ञान ब्रान्डमा चामल, पिठो, दालसहित विभिन्न खाद्यपदार्थ उत्पादन र बिक्री वितरण गर्छ।

केएल दुगड समूहले आफ्नो लोकप्रिय ज्ञान ब्रान्डमा चामलको पिठो बजारमा ल्याएको छ । समूहले ज्ञान ब्रान्डमा मैदा, आँटा, भोग चक्की आटा, रहर, मसुर, चना दाल तथा बासमती चामल उत्पादन गर्छ ।

ग्राहकका मौलिक पौष्टिक खाद्यपदार्थका आवश्यकताहरु पूर्ति गर्ने क्रममा समूहले ज्ञान मल्टीग्रेन्स आटा, ज्ञान मकैको च्याँख्ला तथा ज्ञान मकैको पिठो १ वर्ष अगाडि नै बजारमा ल्याएको थियो । बजारको मागलाई ध्यानमा राख्दै यसले ज्ञान चामलको पिठो १, २ र ५ केजी प्याकमा ल्याएको हो । ज्ञान चामलको पिठो विभिन्न स्वादिष्ट खाद्यपदार्थहरु जस्तै सेलरोटी, नेपाली पुवा, चटामरी, योमरी, अनरसा, माडारोटी, ढिक्री, भक्का, इड्ली बनाउन उपयुक्त हुनुका साथै स्वच्छ तथा गुणस्तरयुक्त भएको कम्पनीको दाबी छ ।

ज्ञान ब्रान्ड चामलको पिठो डिपार्टमेन्ट स्टोर तथा रिटेल पसलहरुमा देशभरि नै पाइन्छ ।