यो एप्स काम कोठाका लागि मात्र नभई अस्ट्रेलियामा रहेर विभिन्न सेवासुविधा दिँदै आएका एजुकेसनल कन्सल्टेन्सी, व्यापार व्यवसाय र अस्ट्रेलियन डलरको दर रेटसमेत हेर्न सकिन्छ भने कामदारको आवश्यकता परेको व्यक्तिले सरल तरिकाले आफंैले पोस्ट गर्न सकिनेछ ।
नेपाली विद्यार्थीका लागि आकर्षक गन्तव्य रहेको अस्ट्रेलियामा काम र कोठा खोज्न सहजीकरण गर्न नेपाली विद्यार्थीले काम कोठा एप निर्माण गरेका छन् । काम कोठाले दुई वर्षअघि रोजगारी र अध्ययनको सिलसिलामा अस्ट्रेलियामा नयाँ आउने र पहिलेदेखि नै बसिरहेकाहरुका लागि फेसबुक पेजमार्फत काम र कोठाका लागि सेवा दिँदै आएको थियो । एप निर्माण गरेपछि अस्ट्रेलियामा काम कोठा एप एन्ड्रोइड डाउनलोडमा ट्रेन्डिङ एकमा समेत परेको छ ।
अध्ययन र रोजगारीका लागि अस्ट्रेलियामा आउने र बसिरहेकाहरुका लागि यो एप एकदम उपयोगी हुने काम कोठाका सञ्चालक लक्की श्रेष्ठले बताए । सुरुवातमा अस्ट्रेलियामा काम र कोठा पाउन निकै मुस्किल हुने गर्दछ । ‘साथीभाइहरुलाई दिनहँु फोन घुमाउनेदेखि विभिन्न विदेशी वेबसाइट हेरेर काम र कोठा खोज्दा खर्चिलो र समय पनि बढी लाग्ने हुनाले सबै जानकारीसहित हामीले यो एप ल्याएका हौं,’ उनले भने ।
सुरुमा अष्ट्रेलियामा हुने नेपालीले दैनिकजसो आफ्नो सोसियल मिडिया हरुमा काम र कोठा चाहिएको समेत लेख्ने धेरै भएकाले दुई वर्षअघि काम कोठा फेसबुक पेजमार्फत सेवा दिएको श्रेष्ठले बताए । ‘अहिले हामीले एन्ड्रोइड र एप्पल स्टोरबाट डाउनलोड गर्न सकिने एप निर्माण गरेका छौं,’ उनले भने ।