भौतिक पूर्वाधार मन्त्री महासेठको आग्रह ‘निजी यातायातले लिफ्ट दिनुहोस्,’

मन्त्री महासेठले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै निजी सवारी साधनका मालिकले सडकमा उभिएका यात्रुलाई सेवा दिन आग्रह गरेका हुन् ।

भौतिक पूर्वधार तथा यातायात मन्त्री रघुवीर महासेठले आफू जाने गन्तव्यसम्म आफ्नो सवारीमा अट्ने यात्रु राखेर आफुलाई पायक पर्ने ठाउँसम्म लिफ्ट दिन निजी सवारीसाधनलाई आहवान गरेका छन् ।

मन्त्री महासेठले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै निजी सवारी साधनका मालिकले सडकमा उभिएका यात्रुलाई सेवा दिन आग्रह गरेका हुन् ।

यातायात व्यवसायले दुई दिनसम्म आन्दोलन घोषण गरेको अवस्थामा मन्त्री महासेठले यात्रुको सुरक्षा तथा सुविधालाई ध्यानमा राखेर सहयोग गर्न आग्रह गरेका हुन् । उनले हाल भइरहेको सिन्डिकेटलाई तोड्न सरकार कडाइका साथ काम गर्न प्रतिवद्धता समेत जनाएका छन् ।